युवाको आवश्यकता एकातिर, बजेट अर्कोतिर भयो ः गैडाकोटका युवा

0


डोलराज रानाभाट, २१ जेठ । गैडाकोटका युवाहरुले आफूहरुलाई बजेट निर्माणमा सहभागी गराउन आग्रह गरेका छन् । समृद्ध गैडाकोटका लागि संञ्चार अभियानको तेस्रो श्रृखला अन्तगर्त समृद्धीका लागि युवाहरुको सहभागीता विषयको वहसमा बोल्दै युवाहरुको आवश्यकता र रुचीका आधारमा नीति तथा योजना निर्माण गर्न आग्रह गरेका छन् । समाजको विकासमा युवा शक्तिलाई राम्रोसँग परिचालन गर्ने संयन्त्र नहुँदा कुलतमा फस्ने देखि उर्जाशील समय यतिकै खेर गइरहेको भन्दै यसलाई सहीमार्गमा प्रयोग गर्न सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै युवा नेता एवम उद्यमी बद्रि सापकोटाले युवाहरुलाई शिक्षा र व्यवहारिक ज्ञानमा प्रयोग गर्न सुझाव दिँदै उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सकेमात्रै समृद्ध गैडाकोट हासिल हुने बताउनुभयो । वाटो निर्माण तथा अन्य क्षेत्रको विकासमा पर्याप्त बजेट दिन तयार सरकारले उर्जाशिल युवामा बजेट दिन कन्जुस्याइ गरेको बताउनुभयो । युवाका लागि केहि कार्यक्रमहरु आएपनि आवश्यकता एकातिर र बजेट अर्कोतिर हुँदापनि समस्या भएको उहाँको भनाई छ ।
त्यस्तै युवा नेता एवम उद्यमी प्रकाश अधिकारीले युवाहरु स्वमयपनि आफ्नो आवश्यकता के हो त्यसमा लाग्न आग्रह गर्दै विदेशीएका युवाहरुलाई रोक्न र सिकेका सिपहरुलाई उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो । युवाहरुले लगानी गर्न चाहेपनि राज्यले त्यसको सुरक्षा नलिएसम्म देशको विकास नहुने बताउनुभयो ।  कार्यmक्रममा गैडाकोट जेसिजका अध्यक्ष भानु रिमालले गैडाकोट नगरपालिकाबाट युवामैत्री कार्यक्रम कमैमात्र भएको भन्दै नेतृत्व र व्यक्तित्व विकासमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षाको समग्र विकासले व्यक्ति सक्षम हुने भन्दै आफ्नो सन्तानले के गरीरहेको छ भन्ने कुराको ख्याल राख्न अभिभावकहरुलाई आग्रह गर्नुभयो  । कार्यmत्रममा बोल्दै नगर युवा सज्जालका अध्यक्ष श्याम बनले अहिले युवाहरुको संख्या कति छ भन्ने तथ्याङ्क संकलनको कार्य तिप्र पारिएको र त्यससँगै अन्य कार्यक्रमहरु तयार पारिने बताउनुभयो ।

Share.

Leave A Reply