मौलाकालिका मन्दिरको सरसफाई/समृद्ध गैडाकोटका लागि धार्मिक पर्यटक भित्राउन आवश्यक

0

२५ जेठ, गैडाकोट । सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानको ८औँ श्रृङ्खलामा धार्मिक तथा पर्यटकिय क्षेत्र मौलाकालिका मन्दिर र यसको परिसरमा सरसफाई गरिएको छ । मौलाकाली मन्दिरको परिसर मन्दिर जाने सिढी लगायतको छेउछाउमा बृक्षरोपण गर्नुका साथै सरसफाइ गरिएको हो ।

नवलपुरका का.मु प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको प्रमुख आतिथ्यामा भएको कार्यक्रममा बोल्दै उहाँले युवाहरु बाताबरण संरक्षण अभियानमा लाग्नु प्रशंसायोग्य रहेको बताउदै गैंडाकोट साच्चिकै अब सफा सुन्दर र हरियाली बन्ने बिश्वास व्यक्त गर्नुभयो । फरक प्रसङ्गमा बोल्दै नेपालले गैंडाकोट धार्मिक तथा पर्यटकीय क्षेत्रमा अगाडी रहेको र सम्बृद्ध गैंडाकोटको सपना साकार पार्न यी क्षेत्रको पहिचानसँगै प्रर्बंद्धन गर्न आबाश्यक रहेकोमा जोड दिनुभयो । अभियान सञ्चालन गर्न शुक्रबार साझनै अभियान्ताहरु मैलाकालिको मन्दिरमा पुगेर भजनकिर्तन सहित मनोरञ्जन गरेको अभियान्ता कमल तिबारीको भनाइ छ । सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिवार अभियानका परिकल्पनाकार गणेश सापकोटाले अभियानबाट साच्चै गैंडाकोटको मुहार परिबर्तन गरेर छाड्ने बताउदै सबैको साथ र सहयोग आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा मौलाकालिका धार्मिक सेवा समितिका अध्यक्ष शालिकराम सापकोटाको आतिथ्य रहेको उक्त कार्यक्रमको अध्यक्षता अभियन्ता गणेश सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply