बैकुण्ठनगर महिला समुहको अध्यक्षमा कडेल/ मृगौला पिडित कंगना गुरुङलाई २० हजार ५ सय ५५ रुपैया सहयोग

0

माया कंडेल , २५ जेठ, गैडाकोट । बैकुण्ठनगर महिला समुहको दोस्रो अबिधेशनले लक्ष्मी कडेलको अध्यक्षतामा १३ जनाको नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा देबी क्षेत्री ,सचिबमा उषा रेग्मी सुबेदी, कोषाध्यक्षमा पुष्पा केसी , सहसचिबमा प्रीति सुबेदी रोका रहनुभएको छ । यसअघि भएको तेस्रो साधारण सभामा बैकुण्ठनगर महिला समुहका कोषाध्यक्ष पुष्पा केसीले आर्थीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका सचिब उषा रेग्मी सुबेदीले प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गैडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कडेलले महिलाहरुका लागि आयमुलक र सिपमुलक तालिम कार्यक्रम संचालनमा जोड दिएको बताउनुभएको छ । बिकास कुनै एक व्यक्तिको पहलबाट मात्रै नहुने हुनाले पनि सबैले सहकार्य गर्न आवश्यक रहेको बताउदै गैडाकोट ५ का हरेक टोल र महिला समुहको सहकार्यबाट नै वडाको बिकास गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गैडाकोट ५ वडा महिला संजालकी अध्यक्ष रंजिता आचार्य , बैकुण्ठनगर टोल बिकास संस्थाका अध्यक्ष बिष्णुप्रसाद सापकोटा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रम बैकुण्ठनगर महिला समुहका अध्यक्ष देवी कुवरको अध्यक्षतामा भएको हो ।

यसैबिच बैकुण्ठनगर महिला समुहले मृगौला पिडित कंगना गुरुङलाई २० हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ । बिकास टोल बिकास संस्थाका सचिब मदन भटटराई र बालीकाको मामालाई संयुक्त रुपमा सहयोग रकम उपलब्ध गराईएको हो ।

Share.

Leave A Reply