बिजय एफएमको समाचार प्रमुखमा रानाभाट

0

१९ जेठ , गैडाकोट । नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएमको समाचार प्रमुखमा डोलराज रानाभाट नियुक्त हुनुभएको छ । सह सम्पादकको रुपमा सेवामा प्रवेश गर्नुभएका उहाँलाई शनिवार वसेको संचालक समितिले समाचार प्रमुखमा बढुवा गरेको हो । विजय सामुदायिक तथा सूचना संचार सहकारीबाट संचालित एफएम अहिले एक हजार वाटबाट प्रसारण भइरहेको छ । फेसबुकपेजमा लाइभ, अनलाईमा साथै युटुवबाट पनि विभिन्न कार्यक्रम एफएमले प्रसारण गर्दै आइरहेको छ ।  समाजमा भएका विभिन्न गतिविधि शिक्षा, स्वास्थ्य सहकारी लगायतलाई समेट्दै एफएमले समाचार प्रशारण गर्ने गरेको छ । दैनिक राष्ट्रिय नेताहरुसँगको वहस,नमुना ग्राम संचार अभियान, एक विहानै राष्ट्रिय समाचार, त्यस्तै स्थानीय समाचार र प्रत्येक घण्टामा दिइने विजय मुख्य खवर समुदायको रोजाइमा छन् । समाचार प्रमुखमा नियुक्त भएसँगै रानाभाटले अवको दुई महिनाभित्र समाचार शाखामा परिवर्तन भएको देख्न सकिने दावी समेत गर्नुभयो । रानाभाटको १० वर्षे पत्रकारिता क्षेत्रको अनुभव रहेको छ । आज वसेको नियमित बैठकमा स्टेशन म्यानेजर श्रीधर उपाध्यायले संचालक समितिको बैठकका निर्णयहरु सार्वजनिक गर्दै एफएमले प्रशारण गर्ने अवका कार्यक्रम तथा योजनाका बारेमा पनि छलफल भएको थियो । साथै बैठकले बरिष्ठ बजारप्रतिनिधी तिलक सुवेदीलाई जनसम्पर्क अफिसरमा बढुवा गरेको छ ।

Share.

Leave A Reply