पत्रकार महासंघ देशब्यापी आन्दोलनमा

0


कावासोती । सरकारले हालै संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका विरुद्व नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ ।

प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा दवाव सिर्जना गर्न नेपाल पत्रकार महासंघ नवलपरासी (बर्दघाट सुस्तापूर्व) को आयोजनामा बुधवार कावासोतीको फलफूल चोकदेखि महासंघ कार्यालय सम्म बिरोध ¥याली प्रदर्शन गरेको छ । विरोध ¥यालीमा पत्रकारहरुले वाक तथा प्रेस स्वतन्त्रता कायम गर, संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक खारेज गर लगाएतको नारा लगाएका थिए । साथै पत्रकार महासंघ नवलपुरको कार्यालय कावासोतिको परिसरमा सरोकारवालाहरु बीच अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।
पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्य एवम् नेपाल पत्रकार महासंघ नवलपुर जिल्ला अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष शर्माले सरकारले प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयकमा धेरै कुराहरुलाई सुधार गर्नुपर्ने यदि सुधार नगरि सोहि विधेयक पास गरिएमा राज्यको चौथो अंग मानिने पत्रकारहरुको लागि मात्र नभई वाक स्वतन्त्रतामा पनि गम्भिर अपमान हुने बताउनुभयो ।

त्यसैगरी पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले प्रेस काउन्सिल सहित सरोकार पक्षसँगको छलफल र सहमतिविना संसदमा दर्ता गरिएको उक्त विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने भएको हुँदा सो विधेयक फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

कार्यक्रममा नवलपुरका पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply