नारायणी सामुदायिक वनले गोलघर निर्माण गर्ने

0


सरु चापागाईं,३२ जेठ । नारायणी  सामुदायिक  वन उपभोक्ता  समुह ६,७, र ९ले शनिवार  गरिब बिपन्न लगानी  सामुदायिक  बिकास  तथा गोलघर र सिमसार क्षेत्रको सिलन्यास कार्यक्रम  गरेको छ । कार्यक्रमका प्रमुख  अतिथी गैंडाकोट  नगरपालिका  प्रमुख छत्रराज पौडेलले नारायणी  सामुदायिक  वनले आयोजना  गरेको  कार्यक्रमले गरिव बिपन्नको जीवन स्तर सुधार गर्न ठुलो  सहयोग  पुग्ने र समग्र गैंडाकोटको बिकास गर्नेमा पनि भुमिका खेल्ने भन्दै गैंडाकोटमा पर्यटनको बिकास  गर्ने  र समृद्ध समाज बनाउन नगरपालिका  सधै  लागिरहने पर्तिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै उपप्रमुख  बिष्णु  कुमारी  कंडेलले नारायणी  सामुदायिक  वनले  निर्माण  गर्ने लागेको गोलघरको शिलन्यास गर्दै  जलबायु परिवर्तनका कारण  आज पानीको मुहान  सुक्दै गएको समयमा सामुदायिक  वनले अब सिमसार मुलको संरक्षक  गर्नु आजको आवश्यकता  रहेको र ताल  सिमसार बनाउदा बन्यजन्तुले पानी खान पाउने,  पर्यटनको आगमन समेत हुनसक्ने भएकाले सामुदायिक  वनहरुले सिमसारको बिकास  गर्नुपर्ने  कुरामा जोड  दिनुभयो ।

सामुदायिक  वनले आयोजना  गरेको कार्यक्रमको सफलताको सुभकामना समेत ब्यक्त गर्नुभयो । बिशिस्ट  अतिथी सामुदायिक  वन महासंघ गण्डकी  प्रदेशका उपाध्यक्ष  खगराज सापकोटाले अब सामुदायिक  वनले कुनैपनि कार्यक्रम  संचालन गर्दा नया र फरक तरिकाबाट सन्चालन गर्दा उपभोक्ता  माझ  गरिएको लगानीको प्रतिफल राम्रो पाउन सकिने र जीवन स्तरमा समेत सुधार  हुने बताउनु भयो ।

कार्यक्रमका बिशिस्ट  अतिथी  सब डिभिजन  वन कार्यालयका  सहायक वन अधिकृत  ज्योती कोइरालाले  नारायणी वनले आयोजना  गरेको कार्यक्रमले बिपन्न परिवारमा जीवन स्तरमा सहयोग  पुग्ने र गोलघर निर्माण र सिमसार तालको निर्माण  भयमा समग्र गैंडाकोटको बिकासमा टेवा पुग्ने  बताउनुभयो ।   कार्यक्रममा गैंडाकोट  ७ का  वडा अध्यक्ष   चोलानाथ उपाध्याय  ,गैंडाकोट ९ का वडा अध्यक्ष  प्रेमप्रसाद सापकोटा र   वडा अध्यक्ष  लक्ष्मी प्रसाद सापकोटाले सुभकामना मन्तब्य राखनुभयको थियो ।

सामाजिक  बिकास  कार्यक्रम  अन्तर्गत  नारायणी  सामुदायिक  वन उपभोक्त  समुहले १० वटा टोल सुधार  समिति लाई पनि सहयोग गरेको छ जस  अन्तर सिर्जनशील  टोल  बिकास  सस्था गैंडाकोट ६ लाई ३५०००,पिसपार्क टोल  विकास  सस्था गैंडाकोट ७ लाई ३०,०००,हरिहर टोलबिकस सस्था गैंडाकोट ७ लाई ३००००,सफल टोल बिकास सस्थालाई ३००००,शक्तिटोल बिकास सस्था गैंडाकोट ७लाई ३००००,पिपलाटार टोलबिकास सस्थालाइ ३०००० , जयश्री टोलबिकास सस्था गैंडाकोट ९लाई ३१,२५०१  , बाधखोला टोलबिकास सस्था गैंडाकोट ९ लाई ३१,२५० , थुम्सी बजारटोल बिकास सस्था गैंडाकोट ९लाई ३१,२५०, र नारायणी  माबिका बिद्यार्थी  छात्रवृत्ति  एवम बिधालय अनुदान  सहयोग  रु एक लाख     सहयोग  गरेको छ ।

नारायणी  सामुदायिक  वन उपभोक्त  समुहले  आज गरिब बिपन्न जिविको पार्जन अन्तर्गत  २०  जना उपभोक्तलाई बाख्रा बितरण  गरियको कार्यक्रमको स्वागत मनब्य वनका उपाध्याक्ष  बेद प्रसाद चालिसेले गर्नुभयको कार्यक्रमको सहजीकरण  वनकी सचिव  उमा पान्डेले गर्नुभयको हो ।कार्यक्रम  नारायणी  सामुदायिक  वन उपभोक्त  समुहका अध्यक्ष  दिनानाथ त्रिपाठीको  अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply