धुव्रतारा युवा क्लवद्धारा हाजिरी जवाफ कार्यक्रम सम्पन्न

0

१७ जेठ, गैडाकोट । धुव्रतारा युवा क्लव गैडाकोट १३ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिामा वेल्डीया टोल विकास संस्था प्रथम हुँदै ३ हजार नगद सहित प्रमाण पत्र र शिल्ड हात पारेको छ । त्यस्तै शिख्रोली टोल विकास संस्था द्धितीय हुँदै १ हजार ५ सय नगद सहित प्रमाण पत्र र शिल्ड र कैलाश टोल विकास संस्था तृतीय हूँदै एक हजार नगद सहित प्रमाणपत्र र शिल्ड हात पारेका छन्  । टोलमा रहेका वालवालिकाहरुलाई जागरुक तथा ज्ञानको वृद्धिका लागि कार्यक्रम गरिएको अध्यक्ष रन वहादुर थापाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष पदम लाल पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने स्वागत मन्तव्य क्लवका सदस्य मुना विकले गर्नुभएको थियो । कैलाश सन्याश आश्रममा भएको कार्यक्रममा  सचिव ऋषि गौतमले सहजीकरण  गर्नुभएको थियो ।

Share.

Leave A Reply