धवाह ताल बन्दै

0

विजय खबर
गैँडाकोट । वनबाट धेरै फाइदा लिइरहेका हामीले के त्यसको संरक्षण र सम्बर्धनमा चासो दिएका छौँ त ? वन संगै त्यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीको लागि आवश्यक पर्ने पानीका तालि ताल तलैया, खोला र कुवाको संरक्षणमा चनाखो हुनु आवश्यक रहेको नन्दन सामुदायिक वनका अध्यक्ष घनश्याम कंडेलले बताउनुभयो । सिमसार संरक्षण तथा पर्यटन विकासमा सिमसारले महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरु बताउँछन् । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमासार क्षेत्रमा पाइने चराचुरुङ्गी वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सोैन्दर्यताको अनुभव गर्न सिमासारले उपलब्ध गराउने भएकाले यसको संरक्षण गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
गैँडाकोटमा रहेको नन्दन सामुदायिक वनले वन्यजन्तुहरुको संरक्षणका लागि धवाह ताल निर्माणलाइ अघि बढाएको छ । वनका अध्यक्ष घनश्याम कंडेल भन्नुहुन्छ “ यही अषाढ मसान्तसम्ममा तालको निर्माण कार्यलाई सम्पन्न गरी स्वरुप प्रदान गर्नेछौँ ।यही अषाढ मसान्तसम्ममा तालको निर्माण कार्यलाई सम्पन्न गरी स्वरुप प्रदान गर्नेछौँ ।” पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरतर्फ गैँडाकोट ९ मा धवाह ताल रहेको छ । धवाह ताल निर्माणका लागि जिल्ला वनबाट ५ लाख, गण्डकीप्रदेशबाट ४० लाख, नगरपालिका र नन्दन सामुदायिक वनको संयुक्त लगानीमा निर्माण हुन लागेको अध्यक्ष कंडेलले बताउनुभयो । अषाढ मसान्तसम्म पोखरीको चारैतीर ड्याम लगाइ पूर्णता दिने वनको योजना रहेको छ । जीव जन्तुको पर्यपर्याटनका लागि मात्रै नभइ पर्यटन क्षेत्रको रुपमा समेत विकास गर्न योजना बनाइएको कंडेल भन्नुहुन्छ । कंडेलका अनुसार नन्दन सामुदायिक वनमा रहेका जीवजन्तु तथा पशुपंक्षीका लागि जलविहारका लागि क्रिडास्थल समेत हुने बताउनुभयो । पोखरीमा जलविहारका लागि आउन नसक्नेका लागि पनि छेउछाउका परिसरमा डोविल्डाहरु निर्माण गरिने अध्यक्ष कंडेलले बताउनुभयो ।
वन क्षेत्र सामुदायिक वन हुनुपूर्व त्यहाँ दराइ समुदायको बसोबास रहेको अध्यक्ष कंडेलले बताउनुभयो । उहाँका अनुसार “ सिमसार क्षेत्रमा दराइ समुदायका दूइ चार परिवार बसोबास गर्दथे, उनिहरु धानखेती गर्दथे, सामुदायिक वन भएपछि उनिहरुलाई चारलाख बराबरका घरहरु बनाएर स्थानान्तरण गरिएको हो ।” नन्दन सामुदायिक वनको कार्ययोजना अनुसार सोही सिमसार क्षेत्रमा पर्यटकीय क्षेत्रको रुपमा विकास तथा जीवजन्तुको संरक्षणका लागि जलविहार क्रिडास्थल समेत हुने गरी धवाह ताल निर्माण गरिएको अध्यक्ष कंडेलको भनाइ छ ।

Share.

Leave A Reply