देवचुली नगरपालिका सिजी नजिकै हमालचोकमा भयानक दुर्घटना

0

प्रेम क्षेत्री,

जेठ १६ देवचुली, पुर्व पश्चिम राजमार्गको देवचुली नगरपालिका सिजी नजिकै हमालचोकमा भएको दुर्घटनामा २० जना घाईते भएका छन् ।

घटनामा ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीका असई धुव्र पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा केही व्यक्तीको मृत्यु भएको आशंका गरिएको छ । २ जनाको मृत्यु भएको हुनसक्ने जनाईएपनि पुष्टि हुन भने बाँकी रहेको छ । दुर्घटनाका घाईतेलाई उपचारका लागि भरतपुर अस्पताल पठाईएको छ ।

पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ४८९० नम्बरको ट्रक र डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५२९५ नम्बरको बस एकआपसमा ठोकिएका हुन् ।

सोही घटनामा ना ५१ प ५११० नम्बरको मोटरसाईकल पनि ठोकिएको पत्रकार आदर्श शुसिलले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Share.

Leave A Reply