दुवै नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सरुवा

0


गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको सरुवा भएको छ । उहाँको उपसचिवको रुपमा गृहमन्त्रालय सरुवा भएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की नवलपरासी (वर्दघाट सुस्तापूर्व) का.मु. प्रमुख जिल्ला अधिकारीको रुपमा आउनुहुने भएको छ ।
त्यस्तै नवलपरासी (वर्दघाट सुस्तापश्चिम) का प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने का.मु. प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा सरुवा हुनुभएको छ । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको पनि सरुवा भएको छ । उहाँ प्रमुख जिल्ला अधिकारीको रुपमा पश्चिम रुकुम सरुवा हुनुभएको हो ।
नवलपरासी (वर्दघाट सुस्तापश्चिम) का प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयबाट शम्भुप्रसाद मरासिनी का.मु. प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुहुने भएको छ ।
गृह मन्त्रालयले अन्य २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका हुन् ।

Share.

Leave A Reply