दुर्घटना अपडेट : देवचुली २ हमालचोकमा भएको दुर्घटनामा २ जनाको मृत्यु, २३ जना घाईते, मृत्यु हुने दुवैजना गैंडाकोटका

0


प्रेम क्षेत्री
जेठ २, गैंडाकोट । नवलपरासी (वर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका वडा नम्बर २ हमालचोक स्थित पूर्व पश्चिम राजमार्गमा बिहिबार मध्यान्ह भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् ।
मृत्यु हुने दुवै गैंडाकोटका रहेका छन् ।


दुर्घटनामा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा २ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ । दुर्घटनामा गैंडाकोट नगरपालिका वडा नम्बर १४ बस्ने अन्दाजी ६५ वर्षकी कुमारी सुनारी र गैंडाकोट नगरपालिका वडा नम्बर १८ बस्ने अन्दाजी ७० वर्षकी जमुना मापछन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवम् सुचना अधिकृत अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
पुरानो मेडिकल कलेजमा नै अर्का एक जना पुरुषको गम्भिर अवस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनकामना अस्पताल चितवनमा १३ जनाको उपचार भईरहेको छ । जस मध्ये १ जनाको अवस्था गम्भिर रहेको छ ।


नयाँ मेडिकल कलेज भरतपुर चितवनमा ८ जनाको उपचार भईरहेको छ । उनिहरु सबैको अवस्था मध्यम र सामान्य रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा १ जनाको उपचार भईरहेको छ । उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको ।
ट्रक चालक प्रहरीको नियनत्रणमा रहेका छन् भने बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।


पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना २ ख ४८९० नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको (डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको लोकल बस) ना ४ ख ५२९५ नम्बरको बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा ना ५१ प ५११० नम्बरको मोटरसाईकल पनि ठोकिन पुगेको जनाईएको छ ।

 

 

 

 

 

Share.

Leave A Reply