दुर्घटना अपडेट ः देवचुली २ हमालचोकमा भएको दुर्घटनामा ३ जनाको मृत्यु/ सवैको सनाखत

0

डोलराज रानाभाट,१६ जेठ गैडाकोट नवलपुर
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर २ हमालचोक स्थित पूर्व पश्चिम राजमार्गमा आज मध्यान्ह भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा २ जनाको र एक महिलाको मनकामना अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।

मृत्यु हुनेहरुमा गैंडाकोट नगरपालिका वडा नम्बर १४ बस्ने अन्दाजी ६५ वर्षकी कुमारी सुनारी,गैंडाकोट नगरपालिका वडा नम्बर १८ बस्ने अन्दाजी ७० वर्षकी जमुना मापछन र देवचुली ४ की १७ वर्षीय सुकमाया नेपाली  रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवम् सुचना अधिकृत अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार नयाँ मेडिकल कलेजमा ९ जना,पुरानो मेडिकल कलेजमा १ जनाको गम्भीर अवस्थामा, मनकामना अस्पतालमा ११ जना र १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरीको नियनत्रणमा रहेका छन् भने बस चालक फरार रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना २ ख ४८९० नम्बरको ट्रक र डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५२९५ नम्बरको स्थानीय बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही घटनामा ना ५१ प ५११० नम्बरको मोटरसाईकल पनि ठोकिन पुगेको जनाईएको छ ।

नया मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरूको बिबरण :-

  • जि.न.प.पुर्ब कावासोती न.पा.२ बस्ने बर्ष ३८ को अनिता भण्डारी टाउको ,गालामा चोट अवस्था मध्यम
  • ऐ.गैडाकोट भेडाबारी बस्ने बर्ष ५८ को होम ब.पाटा टाउकोमा चोट मध्यम
  • ऐ.देबचुली १७ पिप्रहर बस्ने बर्ष ४० की शुसिला महतो टाउको, दाहिने खुट्टामा चोट मध्यम
  • ऐ.गैडाकोट १४ अमरापुरी बस्ने बर्ष ५९ को ईन्द्र बहादुर सुनारी हातखुट्टामा चोट सामान्य
  • ऐ.कावासोती १३ बस्ने बर्ष १८ को मनिस गुरुङ हातखुट्टामा चोट सामान्य
  • जि.चितवन कालिका न.पा.९ शक्तिखोर बस्ने बर्ष ५० की शुसिला गुरुङ
  • ऐ.ऐ.बस्ने बर्ष २५ की सृजना गुरुङ टाउकोमा चोट सामान्य
  • ऐ.ऐ.बस्ने बर्ष २ को साईमन गुरुङ सामान्य
  • जि.न.प.कावासोती न.पा.४ बस्ने बर्ष ७० को बाबुराम लोहनी मध्यम

पुरानो मोडिकल भतरपुरमा उपचाररत घाईतेहरु को बिबरणः-

१) जि.न.प.पुर्ब गैडाकोट १४ बस्ने बर्ष अं.६५ कि कुमारी सुनारी (मृत्यु)

२) ऐ.गैडाकोट न.पा.१८ बस्ने बर्ष अं.७० कि जमुना मापछन (मृत्यु)

३) नामथर,वतन नखुलेको  अं.बर्ष ६०।६५ को पुरुष ब्यक्ती (गम्भिर)

 

मनकामना अस्पताल भरतपुरमा उपचाररत घाईतेहरुको बिबरण

१) जि.न.प.पुर्ब कावासोती     बस्ने बर्ष कि बिमला के.सी. अवस्था मध्यम

२) ऐ.ऐ.बस्ने बर्ष ३० को दिपक के.सि.अवस्था मध्यम

३) ऐ.देवचुली न.पा. बस्ने बर्ष नखुलेको जसबहादुर अधीकारी सामान्य

४) ऐ.ऐ. बस्ने बर्ष ३७ को रामु काफ्ले सामान्य

५) ऐ.कावासोती न.पा.४ बस्ने बर्ष ३५ कि देबि गुरुङ सामान्य

६) ऐ.देवचुली न.पा.१३ बस्ने बस्ने बर्ष ३६ कि सपना काफ्ले सामान्य

७) जि.चितवन खुरखुरे बस्ने बर्ष ३७ कि अप्सरा उप्रेती मध्यम

८) ऐ.गितानगर बस्ने बर्ष २५ को राजन  अधिकारी  मध्यम

९) जि.चतवन सिमलटाडी बस्ने बर्ष १९ को सागर काफ्ले

१०) जि.न.प.पुर्ब देबचुली  न.पा.२ दुम्कौली बस्ने बर्ष ३० को कृष्ण नेपाली मध्य

११) ऐ.ऐ.१६ रजहर बस्ने बर्ष ६३ कि प्रिति तामाङ मध्यम

 

प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचाररत घाईते को बिबरण :-

  • जि.न.प.कावासोती १६ बस्ने बर्ष १८ कि दिपा देवकोटा हातखुट्टामा चोट सामान्य
Share.

Leave A Reply