चट्याङका कारण बुलिङ्गटार ४ चुलीबोझामा २५ वाख्रा मरे/४० घरमा क्षती

0

२७ जेठ, नवलपुर । पुर्बी नवलपरासीको बिकट पहाडी गाउँपालिका बुलिगंटार ४ अर्खलाको चुलीबोझामा हिजो साँझ आएको भीषण हावाहुरीका कारण ४० घरमा क्षति पुगेको छ । बुलिगंटार गाउँपालिका वडा नं ४ को चुलीबोझामा १० घर,ठुलो अर्खलामा पाँच घर र अन्य ठाउँमा गरि ४० घरमा क्षति पुगेको वडाध्यक्ष चेतबहादुर गोदामी मगरले जानकारी दिनुभयो । हावाहुरीले बुलिगंटार ४ चुलीबोझामा २५ वटा बाखा्र चट्यागंका कारण मरेको र ४० वाख्रामा अन्यको खोजी भइरहेको वडाध्यक्ष गोदामी मगरले बताउनुभयो । हिजो वाख्रा चराउन जंगल गएको अवस्थामा आएको हावाहुरी र चट्याङका कारण ती वाख्रा मरेका हुन् । हिजो साँझ आएको भीषण हावाहुरी र पानीले दलदले बुलिगंटार मोटरबाटो समेत अबरुद्ध हुन पुगेको,ठाउँठाउँमा ठुलो ठुलो पहिरो गएको र आज देखि पहिरो पन्छाउने काम शुरु गरिने बताइएको छ ।  हावाहुरीले धेरै कृषकको मकै बालीमा ठुलो क्षति पुगेको वडाध्यक्ष गोदामी मगरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply