गैडाकोट ५ लाई पूर्ण सरसफाई गराउने अभियान तिव्र

0

माया कंडेल , २५, जेठ, गैडाकोट । वडास्तरिय खानेपानी सरसफाई स्वच्छता तथा समन्वय समिति गैडाकोट ५ को आयोजनामा गैडाकोट वडा नम्बर ५ लाई पुर्ण सरसफाई वडा बनाउन वडाबासीसंग अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम गरिएको छ । शनिबार विजय सामुदायीक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रम फोहोरको दिगो व्यवस्थापन र आगामी कार्ययोजनाका बारेमा भएको छलफल गरिएको छ । अभिमुखीकरणको सहजीकरण कार्यपालीका सदस्य कुमारी रेखा पौडेल र वास सहजकर्ता राम कुमारी बर्तोैलाले गर्नु भएको थियो ।

अहिलेको चुनौतीको रुपमा फोहोर व्यवस्थापन देखिएको गैडाकोट ५ बैकुण्ठनगर टोल बिकास संस्थाका अध्यक्ष बिष्णुप्रसाद सापकोटाले बताउनुभयो । उहाले फोहोरलाई दिगो रुपमा व्यवस्थापन गर्न आवश्यक रहेको पनि बताउनुभयो । गैडाकोट वडा नम्बर ५ का वडासदस्य हरिप्रसाद ढकालले वडाबासीका गुनासालाई सम्बोधन गर्दे अघि बढने बताउनुभयो । उहाले फोहोरको व्यवस्थापनमा गर्दा फोहोरको बर्गीकरण गरेर अघि बढन आवश्यक रहेको बताउनुभयो ।

नगरकार्यपालीका सदस्य कुमारी रेखा पौडेलले गैडाकोट ५ लाईपुर्ण सरसफाई वडा बनाउन बिभिन्न योजनाहरु संकलन गर्ने र अभिमुखीकरणका कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

घरको फोहोर घरमै व्यवस्थापन गर्ने कुरामा जोड दिनुपर्ने नगरकार्यपालीका सदस्य पौडेलले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडास्तरिय खानेपानी सरसफाई स्वच्छता तथा समन्वय समिति गैडाकोट ५ का सहसंयोजक वडा सदस्य पार्बती सापकोटाले एउटा वडा र समुदाय मात्र नभएर नगरलाई नै पुर्ण सरसफाई युक्त नगर बनाउन आवश्यक रहेको बताउनुहुन्छ । गैडाकोट ५ लाई पुर्ण सरसफाई वडा बनाउने अभियानमा बिभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन ।

Share.

Leave A Reply