गैडाकोट ३ का जनप्रतिनिधि गाउँगाउँमा/खरको छानो विस्थापनका लागि प्रतिघर १० हजार प्रदान गरिने (भिडियो सहित)

0


डोलराज रानाभाट, ३० जेठ, गैडाकोट ।  गैडाकोट ३ का जनताले स्थानीय निकायमा जनप्रतिनिधि आएको महसुस गरेका छन् । भोट माग्नमात्रै गाउँगाउँ आउने र त्यसपछि जनताको कुनैपनि गुनासो नसुन्ने नेताहरुदेखी वाक्क भएका स्थानीयले आज गाउँगाउँमा गएर वडाअध्यक्ष शिवकान्त तिवारी सहितका जनप्रतिनिधिले के के समस्या छन् भनी छलफल गरेपछि स्थानीय चुनावको प्रतिफल प्राप्त गरेको महसुस गरेका हुन् । भौगोलिक हिसावले विभिन्न ठाउँमा रहेका गाउगाउँमा पुगेर अध्यक्ष शिवकान्त तिवारीले त्यहाँका योजनाहरुको माग गर्नुभयो । तात्रीवासदेखि सुरु भएको वडा भेला केलादी,हर्दि, गडम्दी,घोक्रोफाँट मै पुगेर वडाअध्यक्ष शिवकान्त तिवारी सहितका जनप्रतिनिधिहरुले योजना माग गरेका हुन् । गाउँगाउँमै गएर योजना माग गर्दा स्थानीय धेरै खुशी देखिन्थे भने आआफ्ना टोल तथा गाउँका विभिन्न विषयका योजनाहरु पेश पनि गरेका छन् । अन्य वडाले भन्दा फरक अभ्यासमा रहेको वडा नम्वर ३ ले सम्पूर्ण तथ्याङ्क संकलन गरेको छ भने त्यसैको आधारमा योजनाहरु बनाउन सजिलो हुने बताइएको छ ।


जनताको समस्याहरुलाई सम्वोधन गर्दै वडाअध्यक्ष तिवारीले आगामी आर्थिक वर्षको सुरुवातमै खरको छानो विस्थापित गरि टिनको छानोले जनताको घर छाउने र त्यसका लागि १० हजारका दरले बजेट छुटउने प्रतिवद्धता व्यक्त गर्नुभयो । खुलादिशामुक्त नगर घोषणा भएपनि चर्पि नभएका घरहरुमा तत्काल बजेट विनियोजन गर्ने प्रतिवद्धतापनि व्यक्त गर्नुभयो ।

अवको आर्थिक वर्षभित्र सवै ठाउँमा विद्युत आपूर्ति गरिने र खानेपानीको समस्या रहेका क्षेत्रमा विशेष बजेट विनियोजन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । साथै मुकुन्दसेन दरबार पुग्ने बाटोलाइ प्राथमिकतामा राख्दै काम अघि बढाउने भनाइ अध्यक्ष तिवारीको छ ।

आफ्नै वडा भित्र रहेका एक टोलका स्थानीयले अर्को टोलका स्थानीयलाई चिन्न समेत गाह्रो परको भन्दै वडाले ३ वटा जिप रिजर्भ गरेर एक अर्काविच परिचयका साथै समस्याहरुको पनि पहिचान गराएको थियो । यस्तो कार्यक्रम पहिलो पटक भएको भन्दै अव आवश्यकता अनुसार बजेट छुट्याउन वडाअध्यक्षलाई सहयोग गर्ने प्रतिवद्धता स्थानीयको छ । साथै भोक्रेफाँटमा अवस्थित मंगलादेवी मन्दिर र गुफालाई प्रचारप्रसार गरि पर्यटक भित्राउन सकिनेगरि काम अघि बढाउन स्थानीयको माग छ । त्सैको प्रचारप्रसारमा पनि टेवा पुगोस भनी  मन्दिरमै पुगेर वडा भेला गरिएको वडा अध्यक्ष तिवारीको भनाई थियो ।

गैंडाकाेट ३ काे वडाभेला । तात्रिवास, केलादी, हर्दी, ढाेडेनी, गडाम्दी र भाेक्राेफाँट सम्मकाे यात्रा । याेजना बनाउन वडा अध्यक्ष शिवकान्त तिवारी लगायतका जनप्रतिनिधि घरदैलाेमा

Posted by Vijaya FM on Thursday, 13 June 2019

गैंडाकाेट ३ काे वडाभेला । तात्रिवास, केलादी, हर्दी, ढाेडेनी, गडाम्दी र भाेक्राेफाँट सम्मकाे यात्रा । याेजना बनाउन वडा अध्यक्ष शिवकान्त तिवारी लगायतका जनप्रतिनिधि घरदैलाेमा

Posted by Vijaya FM on Thursday, 13 June 2019

Share.

Leave A Reply