गैडाकोट वडा नम्बर २ मा पर्यटकीय बिकास गरिने

0


माया कडेल,
जेठ २९ , गैडाकोट ।
गैडाकोट वडा नम्बर २ को आर्थीक बर्ष २०७६/०७७ का लागि योजना तर्जूमा सम्बन्धि तेस्रो वडा भेला सम्पन्न भएको छ । गैडाकोट २ लाई पर्यटकीय हबको रुपमा बिकास गर्न सकिने वडाभेलामा बोल्दै वडाबासीले बताएका हुन । गैडाकोट वडा नम्बर २ समस्या संगै सम्भावना भएको वडा भएकाले वडाको चौतर्फी बिकास गर्न सकिने वडाबासीले बताएका छन ।


वडा भेलामा बोल्दै शान्तीनगर टोल बिकास संस्थाका अध्यक्ष जनक तिवारीले गैडाकोट २ मा रिङरोड , पर्यटकीय बिकास र आदीबासीको संग्रालय निर्माण गरि पर्यटकलाई आर्कषीत गर्नुपर्ने बताउनुभयो

आर्थीक बर्ष २०७६÷०७७ का लागि तर्जूमा योजना गरिएका योजनाले सबै क्षेत्रलाई समेटनुपर्ने नगर युवा संजालका कोषाध्यक्ष लक्ष्मण पौडेलको भनाई छ ।

महिलाहरुलाई ५ प्रतिशत नभएर २५ प्रतिशत बजेट छुटटाउन आवश्यक रहेकोमा प्रमीला सापकोटाले जोड दिनुभएको छ । उहाले अबको आवश्यकता भनेको आर्थीक उपार्जनमा जोड दिनुपर्ने बताउनुभयो ।

पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सके आम्दानीको स्रोत नै त्यसैलाई बनाउन सकिने गैडाकोट नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष धु्रबराम पौडेलले बताउनुभएको छ । उहाले नारायणी नदि , शिलन्यास पार्क लगायतका स्थानलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने बताउनुभयो ।


यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलले उत्पादनमुलक कार्यक्रम हुनपर्छ भन्नेमा नगरबासीले जोड दिएको बताउदै वडा नम्बर २ मा पर्यटकीय बिकास गर्ने बताउनुभयो ।


गैडाकोट नगरपालीका वडा नम्बर २ का वडाध्यक्ष धु्रबराम पौडेलको अध्यक्षतामा भएको वडाभेलामा वडासदस्य प्रकाश सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सामाजिक परिचालक भगबती अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । वडाभेलामा वडाका बिभिन्न टोलका प्रतिनिधि , सरोकावाला लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply