गैडाकोटमा झोल सरफ बनाउने तालिम सम्पन्न

0

हिमा अर्याल

गैडाकोट, २३ जेष्ठ ।

कालिका महिला सञ्जाल गैडाकोट ८ ले आज त्रिदेव टोल विकास सस्थाको मुक्तिनाथ मन्दिरमा झोल सरफ बनाउने तालिम सम्पन्न गरेको छ । तालिममा बोल्दै प्रमुख अतिथी रहनु भएका वडाध्यक्ष्ाँ डिलाराम रिजालले तालिमले उद्यमी बनाउन सहयोग पुग्ने भएकाले यसको फाइदा लिन सहभागिलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी जनप्रतिनीधि हरिमाया अधिकारीले महिलालाई उद्यमि र आत्मनिर्भर  बनाउन तालिमको खाचो पर्ने भएकाले बजेट विनियोजनमा ध्यान दिनुपर्ने बताउनु भयो । यस्तै जनप्रतिनीधि बाल प्रकाश अधिकारीले महिलाका लागि कस्ता कार्यक्रम आएका छन् र कस्ता कार्यक्रम ल्याउनु पर्छ भन्नेमा महिलाहरु सचेत हुनुपर्नेमा जोड दिनु भयो । तालिममा सहभागिको तर्फबाट बोल्दै त्रिदेव टोल विकास सस्थाकि कमला अधिकारी र नन्दन कालिका टोल विकास बाट हेमा पौडेल सुवेदीले फुर्सतको समयको उपयोग गर्न सकिने र घरको प्रयोग संगै आय आर्जन पनि गर्न सकिने सिप प्रदान गरेकोमा आयोजकलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा मुक्तिनाथ भजन कृतन समुहका अध्यक्ष हरिषचन्द्र पराजुली, गैडाकोट  एकिकृत बहुउदश्यीय सहकारी सस्थाकि अध्यक्ष् माधवि कट्ेल लगाएतले मन्तव्य राख्नु भयो ।  कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष पार्वती सापकोटाले आगामि दिनमा सञ्जालले अझ प्रभावकारी र आत्मनिर्भर बनाउने खालका कार्यक्रम ल्याउने बताउनु भयो ।  महिलाको लागि तालिममा गैडाकोट ८ का ९ ओटा महिला समुहबाट ५० जनाको सहभागिता रहेको थियो । तालिममा गैडाकोट १ प्रगति टोल निवासी प्रशिक्षक तथा उद्यमी मिना केसिले  प्रशिक्षण दिनु भएको थियो । सञ्जालकि सचिव पद्मा सुवेदीले सहजिकरण गर्नु भएको कार्यक्रम अध्यक्ष ज्ञानु कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply