गैडाकोटका कृषकहरुलाई कृषी यान्त्रीकरण वितरण

0


माया कडेँल, २३ जेठ, गैडाकोट । गैडाकोट नगरपालीकाको कृषि शाखाले कृषकलाई विभिन्न सामाग्री प्रदान गरेको छ। गैडाकोट नगरपालीकाको कृषि शाखाले कृषि यान्त्रीकरण आयोजना अन्र्तगत मिनी टिलर , पावर टिलर , कर्न सेलर कृषकहरुलाई बिहिबार बितरण गरिएको छ । कृषकको र नगरपालीकाको पचास पचास प्रतिशत लगानीमा कृषि मेसीनहरु प्रदान गरिएको हो ।
गैडाकोट नगरपालीकाका कृषी बिकास अधिकृत राजुप्रसाद शर्मा ९ वटा हाते टिलर र ३ वटा रिपर प्रदान गरिएको बताउनुभयो । उहाले गैडाकोटको पहाडी वडालाई प्राथमिकता दिएको पनि बताउनुभयो ।

कृषि यान्त्रीकरण प्राबिधिक राजु सुवालले कृषकहरुले प्राबिधिक रुपमा बुझेर चलाउनुपर्ने बताउनुहुन्छ । उहाले सजिलै चलाउन र प्रयोग गर्न सक्ने पनि बताउनुभयो । कार्यक्रममा गैडाकोट नगरपालीकाका आर्थीक समिति सदस्य एवम वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले  कृषीको बिकासका लागि कृषकसंग नगरपालीकाले सहकार्य गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी गैडाकोट नगरपालीकाका नगरप्रमुख छत्रराज पौडेलले नगरपालीकाले कृषकलाई प्राथमिकता दिदै अगाडी बढेको बताउनुभयो । कृषकको बिकास , कृषि क्षेत्रको समुन्नतीका लागि नगरपालीकाले थप अन्य कार्यक्रम पनि संचालन गर्ने नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा गैडाकोटका बिभिन्न वडाका वडाध्यक्ष , जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply