गैंडाकोट ६ मा रहेको महादेव मन्दिरमा १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा 

0


प्रेम क्षेत्री
असार २८, गैंडाकोट । यस क्षेत्रकै पुरानो ऐतिहासिक मन्दिर गैंडाकोट ६ मा रहेको महादेव भ¥याङमा शिवको पञ्चमुखी मुर्ती सहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिएको छ ।

विशेष पुजा अर्चना सहित शनिबार शिवको पञ्चमुखी मुर्ती सहित १०८ शिवलिङ्गको प्राण प्रतिष्ठा गरिएको हो । मन्दिरमा पण्डित ऋषीराम अधिकारीले विशेष पुजा गर्नुभएको थियो । बनारसबाट मगाईएको मुर्ती एवं १०८ शिवलिङ्ग स्थापनार्थ साढे ३ लाख वढि खर्च भएको मन्दिरका अध्यक्ष थानेश्वर भुषालले जानकारी दिनुभयो ।

मन्दिरमा शिव पञ्चमुखी मुर्ती सहित कार्तिके, नन्दी, गणेश, बसाहा लगायत १०८ शिवलिङ्ग स्थापना गरिएको मन्दिरका सचिव देववहादुर गुरुङले जानकारी दिनुभयो ।

शनिबार पण्डित डा. उमाकान्त पौडेलले विशेष पुजापाठ गराउनुभएको थियो । सो अवसरमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेल लगायत जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । नगर प्रमुख पौडेलले मन्दिरको विकासका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

२०२६ सालमा स्थापित मन्दिर यसैवर्ष महायज्ञ सञ्चालन पश्चात मुहार नै फेरिएको छ । मन्दिर व्यवस्थित रुपमा सञ्चालन गरिदै आएको छ भने यहाँ निर्माण गरिएका संरचनाले थप व्यवस्थित बन्दै गएको छ । मन्दिरमा पण्डित भवानीप्रसाद चापागाईले दैनिक पुजापाठ गराउँदै आउनुभएको छ । साउने सोमबारका दिन विशेष पुजा हुने मन्दिरका सह–सचिवमा केशव गैरेले जानकारी दिनुभयो ।

Share.

Leave A Reply