गैंडाकोट ६ को वडा भेला सम्पन्न, कृषि प्रर्वद्धनसँगै बन्यजन्तु नियन्त्रणको माग

0

तिलक सुवेदी
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ६ को वडा भेला मंगलबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०७६÷०७७ मा सञ्चालन गरिने वडा स्तरिय योजना तर्जुमा गर्न वडाबासीहरु जुटेका हुन् ।
विजयनगर खानेपानी तथा सरसफाई सह लगानी उपभोक्ता संस्थाको सभाहलमा सञ्चालन भएको वडा भेलामा स्थानियले गैंडाकोट ६ कृषि पकेट क्षेत्र रहेकाले सोही अनुरुप प्राथमिकतामा राख्न आग्रह गरेका थिए । वडामा बन्यजन्तुले सताउने गरेको भन्दै स्थानियले यसको नियन्त्रणका लागि माग गरेका थिए । उनिहरुले कृषिसँगैं विकास निर्माणका कार्यलाई प्राथमिकतामा राख्नुपर्ने माग समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले वडाको प्रमुख आवश्यकतालाई प्राथमिकिकरण गरि योजना ल्याउन सुझाव दिनुभयो । वडामा रहेका समस्या क्रमशः हल गर्दै जाने बताउँदै उहाँले तत्काल गर्नुपर्ने कार्यलाई अघि सार्न आग्रह गर्नुभयो । साथै उहाँले वडामा देखिएका समस्या समाधानका लागि स्थानियको सक्रिय सहभागिताको खाँचो औल्याउनुभयो ।
नारायणी नदी सरसफाई अभियानका संयोजक तेजेन्द्र चालिसेले मकै पकेट क्षेत्र रहेको वडालाई व्यवस्थित र प्रर्वद्धन गर्दै बन्यजन्तु नियन्त्रणको माग गर्नुभयो । उहाँले वडामा शौचालयको समस्या रहेको बताउँदै यसको व्यवस्थापन गर्न माग गर्नुभयो ।
स्थानिय दिनुराम सापकोटाले वडाका योजना ल्याउँदा कृषि प्रर्वद्धनसँगै वडाको समस्याको रुपमा रहेको गैंडा नियन्त्रणका लागि तारबारको माग गर्नुभयो ।


स्थानिय किसान गुरुङले कृषिमा आत्मनिर्भर बनाउन अझै सिंचाईका लगि डिप बोरीङ् राख्नुपर्ने माग गर्नुभयो । अन्य विकास निर्माणका योजनासँगै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिईनुपर्ने बताउनुभयो ।
कालिका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मिप्रसाद आचार्य, भाग्योदय आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद कंडेल लगायतले शिक्षालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
सिताराम मन्दिर तथा रामघाट क्षेत्र विकास समितिका अध्यक्ष हिमलाल सापकोटाले कृषिसँगैं धार्मिक क्षेत्रको संरक्षण र प्रर्वद्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
कृषि विनायक सहकारी संस्थाका अध्यक्ष खिमानन्द सापकोटाले कृषिमा आधुनिकिकरणसँगै तालिम, विउ विजन लगायतका समाग्री उपलब्ध गराई किसानलाई राहत मिल्ने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
यसअघि टोल विकास संस्थामा छलफल पश्चात ६ वटा टोलका प्रतिनिधीहरुले आ आफ्नो योजना र माग अघि सारेका थिए ।
वडाबासीका कुरा सुनेपछि गैंडाकोट ६ का वडाअध्यक्ष लक्ष्मिप्रसाद सापकोटाले सवैकुरा एकैपटकमा सम्बोधन गर्न बजेटका कारण असम्भव रहेकाले प्राथमिकताका आधारमा हल गर्दै जाने बताउनुभयो । ढिला चाँडो वडावासीका माग सम्बोधन हुने उहाँको भनाई छ । वडामा कृषिलाई नै प्राथमिकता दिईएको उहाँले बताउनुभयो । बालबालिका, युवा, वृद्धा लक्षित योजनासँगै महिला शसक्तीकरणका कार्यक्रम अघि सारिएको उहाँको भनाई छ । गैंडा नियन्त्रणका लागि वडा, नगर, प्रदेश र संघमा समेत कुरा उठाईएको जनाउँदै उहाँले तारबारका लागि २० लाख बजेट विनियोजन भईसकेको र गैंडा नियन्त्रणका लागि पहल भईरहेको बताउनुभयो । यसका लागि अन्य वडासँग सहकार्यका लागि छलफल भईरहेको बताउनुभयो । भुमिगत सिंचाईका लागि पनि उहाँले पहल भईरहेको बताउनुभएको छ ।
वडा भेलामा वडाकी स्वयम्सेविका दुर्गादेवी चापागाईलाई सम्मान गरिएको थियो । शुवास चापागाईले सहजिकरण गर्नुभएको गैंडाकोट ६ का वडाअध्यक्ष लक्ष्मिप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply