गैंडाकोट ५ को वडा भेला सम्पन्न, सडक निर्माणको माग

0


माया कंडेल
गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ को आर्थिक वर्ष ०७६÷०७७ मा सञ्चालन गरिने वडा स्तरिय योजना तर्जुमा कार्यक्रममा सडक निर्माणका माग धेरै गरिएका छन् । वडामा रहेका सडक सञ्जाल विकास र मर्मत गर्नका लागि आवश्यक रहेको बताएका हुन् । गैंडाकोट ५ मा विकासका सम्भावनासंगै समस्याहरु धेरै भएको गैंडाकोट ५ का सरोकारवालाहरुले बताएका हुन् । राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पौडेलले सडक मर्मत गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले शितलमार्गमा सडक मर्मत गर्न माग समेत गर्नुभयो ।
एकता टोल विकास संस्थाका अध्यक्ष अर्जुन पोखरेलले आवश्यकताका आधारमा विकास निर्माणका काम गर्नुपर्ने बताउँदै गैंडाकोट ५ को हाटबजारलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो ।
युवा क्लबका उपाध्यक्ष प्रकृति कंडेलले वडा भित्र नै रोजगार सृजना गर्ने वातावरण तयार गर्न आवश्यक रहेको बताउनुभयो । नगर युवा सञ्जालका अध्यक्ष श्याम वनले उद्यमशिलतामा जोड दिनुपर्ने बताउनुभयो ।


यस्तै वडाबासीको जिज्ञासा मेट्दै गैंडाकोट नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष नवराज कंडेलले युवा लक्षित कार्यक्रमदेखी सरसफाई लगायत विकासका कामलाई सन्तुलीत तरिकाले अगाडी बढाउने बताउनुभयो ।
साथै उहाँले स्थानीयको समस्या समाधान गर्ने कर्तव्य आफ्नो भएको बताउँदै यसको लागि आँफु सक्रिय भएर लाग्ने बताउनुभयो । वडामा समस्या के–के छन् ? त्यसको विषयमा पहिले नै अनुगमन गरेको पनि जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि साविक गैंडाकोट गाविसका अध्यक्ष ओमप्रसाद सापकोटाले गैंडाकोट ५ मा रहेका समस्या समाधान गर्दै विकास निर्माणमा जुट्नुपर्ने बताउनुभयो । जनप्रतिनधीहरुले सबै समस्याको समाधान गर्नेमा आँफु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य हरिप्रसाद ढकालको रहेको थियो भने वडा भेलाको सहजिकरण नगर कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले गर्नुभएको थियो । गैंडाकोट वडा नम्बर ५ का अध्यक्ष नवराज कंडेलकोे अध्यक्षतामा सम्पन्न थियो । वडाभेलामा विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् सरोकारवालाको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply