गैंडाकोटमा बाल बिकासको शैक्षीक अभिमुखीकरण

0


माया कंडेल, गैंडाकोट ।
बाल बिकास आवासीय माध्यमिक विद्यालयले शनिबार गैंडाकोटमा शैक्षीक अभिमुखीकरण गरेको छ । बिद्यार्थी, अभिभावक र शिक्षकका लागि बिद्यालयले शैक्षिक अभिमुखीकरण गरेको हो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख छत्रराज पौडेलले शिक्षाको बिकासमा सोचे जति बजेट बिनियोजन गर्न नसकेको बताउनुभयो । शैक्षिक हबको रूपमा गैंडाकोटको बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सबै क्षेत्र र निकायको समन्वय भयो भने अबको १०÷१५ बर्षमा विश्व बजारमा नेपाली शिक्षा बिक्ने माहोल बन्ने उहाँको भनाई थियो ।


कार्यक्रममा बोल्दै बाल विकास आवासिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक दिपक रावतले शिक्षाको बिकाससंगै मात्र समाजको बिकास गर्न सकिने बताउनुभयो । शिक्षाको बिकासलाई आत्मसाथ गर्दै बिद्यालयले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा उत्प्रेरक प्रितम पौडेलले बिद्यार्थी, अभिभावक र शिक्षकलाई शिक्षा सम्बन्धी उत्प्रेरणा गर्दै निभाउनुपर्ने भुमिकाका विषयमा समेत जानकारी गराउनुभएको थियो । साथै उहाँले बिद्यार्थीले मात्र नभएर अभिभावकले पनि अध्ययन गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा त्रिबिका राजनितिकशास्त्र केन्द्रिय बिभागका प्राध्यापक डाक्टर ईश्वरी प्रसाद कंडेल गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे लगायतका अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागि बिद्यार्थी र अभिभावकहरुले बिद्यालयले यस्ता कार्यक्रम समय समयमा गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।
सहायक प्रधानाध्यापक अनिल सापकोटाले सहजिकरण गर्नुभएकोे कार्यक्रममा शिक्षीका लक्ष्मी केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम गैडाकोट २ का वडाध्यक्ष धु्रबराम पौडेलको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply