गैंडाकोटमा आफ्नै स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु

0

जेठ ३०, गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर १६ अमरापुरीमा आफ्नै स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ ।

अमरापुरीमा रहेको युनिक बोर्डिङ स्कुलको ग १ क ३६१० नम्बरको बसले विद्यालय छुटेपछि घर फर्कने क्रममा अपरान्ह साढे ४ बजे छात्रालाई किच्दा ज्यान गएको हो । आफ्नै स्कुल बसको ठक्करबाट युनिक बोर्डिङमा कक्षा ६ मा अध्यनरत गैंडाकोट १७ बस्ने ११ वर्षकी बिनिता पौडेलको ज्यान गएको हो ।

विद्यालय छुट्टी भएपछि घर जाने क्रममा उक्त बसमा विद्यार्थी चढ्ने क्रममा सोही बस भित्र रहेका बिद्यार्थिहरुले बसको गियर चलाएको र गाडि अगाडि बढ्न जाँदा बिनिता पौडेल सोही बसको ढोकाबाट खस्न गइ सोहि बसले किचेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो ।

घाईते पौडेललाई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत्यु घोषणा गरेको उहाँले जानकारी दिनुभयो । बस प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply