गैँडाकोट पम्पि∙ स्किम खानेपानी संस्थाको अधिवेशन शुरु, जेठ ३२ गतेसम्म सहमतीको सिमा

0

प्रेम क्षेत्री
गैंडाकोट । गैँडाकोट पम्पि∙ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ५ औं अधिवेशन शुरु भएको छ ।
गैंडाकोट ४ मा रहेको संस्थाको सभाहलमा नयाँ कार्यसमिति चयनका लागि सहमतीको प्रयास भईरहेको छ । कार्यसमिति चयनका लागि यसअघि नै जनकराज ढु∙ाना संयोजक रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिको सदस्यमा केशवप्रसाद सापकोटा र गोपालप्रसाद गौतम रहनुभएको छ ।
निर्वाचन समितिले सहमतीको प्रयास गरेको छ । सो कार्यका लागि आईतबार नगरका राजनीतिक दलका प्रमुख एवम् वुद्धिजिवीसँग छलफल समेत गरेको थियो । सो पश्चात तिन सदस्यिय सहमती समिति गठन गरेको छ । समितिमा षडानन्द लामिछाने, तारापति खरेल र चेतनाथ भुषाल रहनुभएको छ । सो समितिलाई सहमतीका लागि जेठ ३२ गतेसम्मको समय दिईएको छ । समितिले बुझाएको प्रतिवेदनको आधारमा असार १ गतेबाट निर्वाचन प्रक्रिया अघि वढ्ने निर्वाचन समिति संयोजक जनकराज ढु∙ानाले जानकारी दिनुभयो । समितिले सर्वसम्मत रुपमा सहमतीका आधारमा कार्यसमिति चयनको प्रयास गर्नेमा विश्वस्त रहेको निर्वाचन समिति सदस्य केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
संस्थाले यसअघि क्षेत्रगत रुपमा उपभोक्ता प्रतिनिधी गठन गरेको छ । ७ वटा कलस्टरबाट चयन गरिएका २५९ जना प्रतिनिधीबाट नयाँ समिति चयन गरिने निर्वाचन समिति सदस्य गोपालप्रसाद गौतमले जानकारी दिनभयो ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले गैंडाकोट नगरमा देखिएको पानीको समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । वडा नम्बर १ देखी १८ वटै वडासम्म खानेपानीको समस्या हल गर्न तरंग खोलाको पानी वितरणको योजना सहित डिपिआर तयार गर्दै संघिय सरकारमा योजना पठाईएको बताउनुभयो । भुमिगत पानी र सिंचाईले अब थेग्न गाह्रो हुने जनाउँदै उहाँले आकाशे पानीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नगर प्रमुख पौडेलले स्थानीय सरकार प्रमुख भएको नाताले खानेपानी संस्थामा निर्वाचित या सर्वसम्मत जसरी आएपनि नगरमा खानेपानीको व्यवस्थापन कार्यमा सहयोग गर्ने बताउनुभयो ।
गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले नगरमा खानेपानीको सुद्धिकरणमा निरन्तर ध्यान पु¥याउँदै समृद्धिको यात्रा पुरा गर्न हरेक घरधुरीमा खानेपानी, शौचालयको व्यवस्था गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । नगरको खानेपानी व्यवस्थापनका लागि तरंग खोलाको पानी व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । अत्यधिक जनसङ्ख्याको चाप रहँदा पनि संस्थाले खानेपानी आपुर्ती गर्न सफल भएको भन्दै उहाँले अबका दिनमा पनि खानेपानी र सरसफाईलाई सँगै लिएर अघि वढ्न सुझाव दिनुभयो । आगामी समितिपनि सर्वसम्मत र सर्व स्विकार्य बनोस भन्ने कामना गर्नुभयो ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष षडानन्द लामिछानेले खानेपानीलाई सर्वसुलभ र सुरक्षित बनाउन वर्तमान कार्य समितिले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । खानेपानीको स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्ने जनाउँदैं तरंगखोलाको पानी गैंडाकोटका लागि उपयुक्त हुने बताउनुभयो ।
नेपाली कांग्रेसका नगर सभापति तारपति खरेलले नगरपालिकामा रहेका खानेपानी संस्थाहरु विचको सञ्जाल गठन गरि ढल व्यवस्थापनमा भुमिका खेल्नुपर्ने सुझाव दिनुभयो । सो कार्यका लागि नगरपालिकाले सहजिकरण गर्नुपर्ने जनाउँदै पार्टीको तर्फबाट सहयोग गर्न तयार रहेको बताउनुभयो ।
राप्रपाका नगर अध्यक्ष सोमबहादुर भण्डारीले पाईपलाईन विस्तार गर्दा सडक र ढल व्यवस्थापनमा सहयोग पुग्नेगरि गर्न सुझाव दिनुभयो । राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष देवराज पौडेलले वढ्दो शहरीकरणलाई मध्यनजर गर्दै पानीको स्रोत व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।


खानेपानी संस्थाका कोषाध्यक्ष समेत रहनुभएका गैंडाकोट २ का वडा अध्यक्ष ध्रुवराम पौडेलले आपसी सहमती, सहकार्य र एकताका साथ अघि वढेको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थागत हित र पानीबारे जानकर व्यक्ती छनोट गर्न सुझाव दिनुभयो ।
गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले संस्थाको उन्नती प्रगतीको शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै गैंडाकोट ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले नगरकै अग्रणी र अभिभावक संस्थाको रुपमा उल्लेख गर्दै आगामी दिनमा अन्य खानेपानी संस्थासँग सहकार्यको खाँचो औंल्यानुभयो ।
कार्यक्रममा कलष्टर प्रतिनिधी रञ्जिता आचार्य, श्रीहरी चालिसे, संस्थाका पुर्व अध्यक्ष शोभाखर रिमाल, विजय नगर खानेपानी संस्थाका अध्यक्ष विष्णुप्रसाद सापकोटा, निर्वाचन समिति संयोजक जनकराज ढु∙ाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


सो अवसरमा संस्थाका पुर्व अध्यक्ष शोभाखर रिमाल सहित श्रीराम सोती, चुडामणी सुवेदी, सरस्वती ज्ञवाली, कमला सिग्देल, जयलाल पराजुली, ऋषीराम सापकोटालाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष दुर्गाजित कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण सचिव रोशनभक्त अधिकारीले गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष एवम् संस्थाका अध्यक्ष रामबहादुर खड्काले संस्थाको उन्नती प्रगतिका लागि योगदान पु¥याउनुहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै उहाँले आफ्नो कार्यकालमा ३५ किमि पाईपलाईन विस्तारदेखी वोरिङ् राख्ने लगायतका महत्वपुर्ण कार्य गरेको बताउनुभयो ।

Share.

Leave A Reply