गैँडाकोटमा ५८ लाखको लागतमा तरकारी बजार निर्माण गरिदै

0

नवलपुर, जेठ ३ ।


हिमा अर्याल ।
गैँडाकोटको विजयचोकमा तरकारी बजार निर्माण गरिने भएको छ । नयाँ कृषि अभियान कृषि सहकारी सस्था गैडाकोट २ ले गैडाकोटमा तरकारी बजार निर्माण गर्ने छ । तरकारी संकलन तथा विक्रि केन्द्रको रुपमा तरकारी बजार सञ्चालन गर्न लागिएको बताइएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकि प्रदेशको ४८ लाख अनुदान रकम बाट बजार सञ्चालन गर्न लागिएको सस्थाका निवर्तमान अध्यक्ष यदुनाथ सिक्देलले जानकारी दिनु भएको छ ।
अनुदान रकम ४८ लाखमा सस्थाको तर्फबाट १० लाख गरि कुल ५८ अन्ठाउन्न लाखको बजेटमा तरकारी बजार निर्माण गरिने सस्थाका सचिव बेदप्रसाद काफ्लेले जानकारी दिनु भयो ।
तरकारी बजार गैडाकोट ८ विजयचोकमा सञ्चालन गरिने सचिव काफ्लेले जानकारी दिनु भयो । त्यसका लागि गैडाकोट ८ विजयचोकमा ११ कठ्ठा जमिनको व्यवस्था समेत भैसकेको अध्यक्ष ढकबाहादुर कार्किले जानकारी दिनु भयो ।
स्थानीय कृषि उत्पादनलाई बजारीकरण गर्ने र उपभोक्तलाई सुपथ मूल्यमा कृषिजन्य वस्तु उपलब्ध गराउने उद्देश्यले गैँडाकोट बजारमा तरकारी संकलन तथा विक्रि केन्द्र निर्माण शुरु गर्न लागिएको हो । तरकारी संकलन तथा विक्रि केन्द्र निर्माणको उत्घाटन यहि जेठ ५ गते गर्ने तयारी छ ।
आम उपभोक्तालाई सुपथ मूल्यमा अर्गा्िनक कृषि उपजहरु उपलब्ध गराउने र किसानको खेतबारीबाट खरिद गरेर सोझै बजारसम्म पुर्याउने लक्ष्यले गैँडाकोट नगरपालिकाको सहयोगमा तरकारी बजार निर्माण गरिने छ

Share.

Leave A Reply