गैँडाकोटमा नुनदेखि सुनसम्म पाइने बजार

0

 

श्रीधर उपाध्याय
गैँडाकोट । गैँडकोटमा नुनदेखि सुनसम्म पाइने बजार छिट्टै सञ्चालनमा आउने भएको छ । जनक स्कूलको अगाडि पूर्व पश्चिम राजमार्गसंगै जोडिएको करिब १ विगाह क्षेत्रफलमा हाटबजार तथा मिनि मार्केट सञ्चालनमा आउन लागको हो । करिब चार करोडको लगानीमा बजार बन्दै गरेको र छिट्टै सञ्चालनमा आउने गैँडाकोट एग्रोमार्ट प्रालीका अध्यक्ष शालिकराम घिमिरेले बताउनुभयो । गैँडाकोट एग्रोमार्ट प्रालिमा स्थानीय व्यवसायिहरुको सहभागिता रहेको छ । एग्रोमार्टले स्थानीय व्यवसायी, कृषकहरुलाई स्टल बुकिङ खुल्ला रहेको समेत बताएको छ ।
खुल्ला पार्किङ, आधुनिक व्यवस्थित बजार, मुख्यराजमार्ग र सहायक राजमार्गहरुसंग सजिलै जोडिने गरी बजार सञ्चालनमा ल्याउन लागिएको हुँदा व्यवसायिहरुलाई फलदायी हुने एग्रोमार्टका अध्यक्ष घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार कमर्सियल स्टल ६३ र हार्टबजार स्टल ६४ वटा रहेका छन् । स्टलमा धेरै फलफूल तथा तरकारी स्टल, फेन्सीका लागि, किराना पसल, सुन चाँदी पसल, सैलुनका लागि, खाजाघरका लागि भनेर कोटाका हिसाबले स्टलहरु रहेको घिमिरेले बताउनुभयो ।

 

बजार भित्र कुन प्रकृतिको पसल कतिसम्म राख्दा त्यसले व्यवसाय गर्न सजिलो हुन्छ भन्ने अनुसन्धान गरेर नै कोटाको रुपमा स्टलहरु छुट्याइएको घिमिरेले बताउनुभयो । स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणका लागि गैँडाकोटमा बजार सञ्चालनमा आएको अध्यक्ष घिमिरेले बताउनुभयो । चितवनको कृषि प्रवर्धन बजार विकास प्रालिको अध्यक्ष भइ क्षेत्रपुरमा सफल बजार सञ्चालनमा ल्याउनुभएका घिमिरेले गैँडाकोटमा पनि नयाँ पहल सुरु गर्नुभएको हो । स्थानीय उत्पादनलाई प्रवर्धन गर्न चितवनको क्षेत्रपुरमा २० करोडको लगानीमा बजार बनाइएको छ । गैँडाकोटमा बनेको हाटबजारले आर्गानिक तरकारीलाई प्राथमिकता दिने अध्यक्ष घिमिरेले बताउनुभयो ।

Share.

Leave A Reply