आयआर्जनका लागि अपाङ्गता भएका व्यक्तीहरुलाई आर्थिक सहयोग

0

२५ जेठ, गैडाकोट । गैंडाकोट १ मा अपा∙ता भएका एवम् कुष्ठ प्रभावित ब्यक्तिहरुलाई आयआर्जनमा सहयोग पुग्नेगरी विउ पुँजी वितरण गरिएको छ । गैंडाकोट १ का ५ जना अपा∙गता भएका व्यक्तीहरुलाई दश हजार रुपैयाँका दरले प्रदान गरिएको हो ।
मौलाकालीका अपा∙गता स्वावलम्वन समुह गैंडाकोट १ र कोपीला नेपाल पोखरा संस्थाको संयुक्त आयोजनामा वडा नम्बर १ मा रहेको अपा∙ता स्वावलम्वनका लागी विनियोजन भएको बजेटबाट अपा∙गता भएका व्यक्तीहरुका लागी खरीद गरीएका सहायक सामग्री नगर प्रमुख छत्रराज पौडेलले हस्तान्तरण गर्नुभयो ।
त्यस्तै गैंडाकोट १ वडा अध्यक्ष हरिप्रसाद सापकोटा र कोपीला नेपाल संस्थाका सल्लाहकार पुष्करराज वाग्लेले उनिहरुलाई संयुक्तरुपमा नगद हस्तान्तरण गर्नुभयो । अपा∙ता स्वाबलम्वन समुहका अध्यक्ष गोपाल सापकोटाको अध्यक्षता एवम् नगर प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा वडासचिव पदमप्रसाद अधिकारी, समता नेपालका प्रतिनिधि र विभिन्न अपा∙ता भएका व्यक्तीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संयोजन भिमबहादुर वि.क.ले गर्नुभएको थियो ।

Share.

Leave A Reply