अमेरिकी फौजी गैंडाकोटमा

0
  • मकैबाली नष्ट
    नियन्त्रणको प्रयास जारी
    निःशुल्क विषादी वितरण

  • प्रेम क्षेत्री
    गैंडाकोट । अमेरिकी फौजी कीरा गैंडाकोटमा फेला परेको छ । गैंडाकोट ५ मा व्यापक देखिएको छ । विशेषगरी गैंडाकोट कांग्रेस चोक, गणेश मन्दिर आसपासमा सो कीरा फेला परेको हो ।
    गैंडाकोट ५ का गोवद्र्धन अधिकारको करिब १० कठ्ठा क्षेत्रफलमा सो कीराले मकैबाली नष्ट बनाएको छ । सो कीराले मकैको गुबो खाएर नष्ट गरिदिएको टीकाराम अधिकारीले जानकारी दिनुभयो । वैशाख पहिलो हप्तादेखि सो कीरा देखापरेको उहाँको भनाइ छ ।
    मकैमा अहिलेसम्म विषादी प्रयोग नगरेको सुनाउँदै डिलमाया अधिकारीले मकैमा पनि विषादी प्रयोग गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो– “अहिलेसम्म मकैमा कहिल्यै यस्तो देखिएका थिएन, अहिले सखापै पा¥यो ।” मकै रोपेको २०–२५ दिनमा मकै गोड्ने बेलामा सो कीरा देखिएको उहाँको भनाइ थियो । ३ दिन अघि विषादी प्रयोग गरेपछि केही सुधार भएको उहाँको भनाइ छ ।

  • यो सँगै गैंडाकोट ४ र ६ का केही क्षेत्रमा सो कीरा फेला परेको गैंडाकोट नगरपालिका कृषि शाखाका कृषि अधिकृत राजुप्रसाद शर्माले जानकारी दिनुभयो । गैंडाकोट वडा नम्बर ५ का वडाअध्यक्ष नवराज कंडेल, गण्डकी प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी कृषि अधिकृत शशि अधिकारी, गैंडाकोट नगरपालिकाका कृषि अधिकृत राजुप्रसाद शर्मा, नायब प्राविधिक सहायक विनिता केसीलगायत सञ्चारकर्मीको टिमले बालीको अवलोकनसमेत गरेको थियो ।
    अमेरिका हुँदै भारतसम्म आइपुगेका सो कीरा यसअघि नेपालका विभिन्न भागमा फेला परेको थियो । अन्नबालीमा व्यापक रुपमा नोक्सानी पु¥याउने सो कीराले अमेरिकाको रैथानी कीरा रहेको जनाइएको छ । यस कीराको लार्भाले अन्नबाली लगायत विभिन्न ८० प्रकारका बालीनालीमा क्षति पुयाउने गरेको कृषि प्राविधिकको भनाइ छ ।

  • मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पु¥याउने गरेको छ । बालीनालीका लागि अहिलेसम्मकै सबभन्दा खतरनाक यो कीरा खाना तथा वासस्थानको खोजीमा यस कीराको वयस्क पुतली एकसय किलोमिटरसम्म पनि उडेर जान सक्छ । यसअघि कीट विज्ञान महाशाखाको प्रयोगशालामा वैज्ञानिक अध्ययन गरी नवलपरासी क्षेत्रबाट फेला पारिएको कीरा क्उयमयउतभचब ाचगनष्उभचमब नामक यो अमेरिकी फौजी कीरा नै भएको पुष्टि भएको थियो ।
  • गण्डकी प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकी कृषि अधिकृत शशि अधिकारीका अनुसार पानी नपर्दाको समस्या पनि हो । सुख्खायाममा बढी समस्या देखिने गरेको उहाँले बताउनुभयो । मकैको कलिलो गुबो खाएपछि त्यो नष्ट हुने र फल नलाग्ने उहाँको भनाइ छ । उहाँले यसको नियन्त्रणका लागि प्रदेश सरकार र मन्त्रालयबाट पनि प्रयास भइरहेको जनाउँदै आवश्यक विषादी उपलब्ध गराइने बताउनुभयो । बाली संरक्षण निर्देशानालयले अध्ययन गरिरहेको उहाँको भनाइ थियो ।
    कीरा नियन्त्रणका लागि गैंडाकोट नगरपालिकाको तर्फबाट निःशुल्क विषादी वितरण भइरहेको गैंडाकोट नगरपालिकाका कृषि अधिकृत राजुप्रसाद शर्माले बताउनुभयो । साइपरमेथ्रिन, क्लोरोपाइरिफस वा डेल्टामेथिन प्रयोग गर्न सकिने जनाउँदै उहाँले यो नगरपालिकाबाट निःशुल्क उपलब्ध गराईने बताउनुभयो । त्यसका लागि कृषि शाखामा सम्पर्क गर्न हुन कृषकलाई उहाँले आग्रह गर्नुभएको छ ।
    गैंडाकोट ५ लाई कृषिमा आत्मनिर्भर बनाउन लागिरहेको अवस्थामा फौजी कीरा बाधक भएको गैंडाकोट ५ का वडाअध्यक्ष नवराज कंडेलले बताउनुभयो । यसको नियन्त्रणका लागि नगरपालिकाको तर्फबाट आवश्यक निःशुल्क विषादी वितरणको व्यवस्था मिलाइएको उहाँको भनाइ छ । नगरका एकजनाले मात्र सो प्रयोग गर्दैमा नियन्त्रण नहुने भएकाले सम्पूर्ण किसानलाई सम्पर्क राख्नहुन उहाँले आग्रहसमेत गर्नुभयो ।

  • विभिन्न बालीनालीमा सिधै आक्रमण गर्न सक्ने विध्वन्सकारी अमेरिकन फौजी कीरा नेपालमा पहिलो पटक भेटिएको हो । अन्यबाली भन्दा मकैमा सबै भन्दा बढी आक्रमण गर्ने अमेरिकन फौजा कीरा नेपाल पहिलो पटक भेटिएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कले पृष्टि गरेको छ ।
    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क ) अन्तर्गत कीट विज्ञान महाशाखाका वैज्ञानिकहरुको टोलीले नवलपरासी जिल्लाको गैंडाकोट क्षेत्रबाट यही वैशाख २६ गते नेपालमा नै पहिलो पटक आक्रमणकारी अमेरिकन फौजी कीरा भेटिएको नार्क परिसरमा आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
    कीराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त विषादीहरु प्रयोग गर्नाले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै अमेरिकन फौजी कीराले भविष्यमा विकाराल रुप लिन सक्ने खतरा रहेको भन्दै आम किसानलाई सचेत रहन आग्रह गरेको छ ।
    खतरनाक अमेरिकन फौजी कीराले नोक्सानी गरेको अवस्थामा नेपाली किसानहरुको खाद्य सुरक्षा तथा आर्थिक अवस्थामा समेत असर गर्ने भएको हुँदा यसको समुचित व्यवस्थापन तथा रोकथामका लागि विभिन्न विकल्प निकाल्न वैज्ञानिकहरुको टोली सक्रिय रहेको जनाइएको छ ।

  • अमेरिकी महादेश बाहिर अफ्रीकी महादेशको नाइजेरियामा पहिलोपटक सन २०१६ को जनवरी महिनामा देखा परे पश्चात् यो कीरा ४० अफ्रीकी मुलुकमा फैलीसकेको छ भने एसिया महादेशमा पहिलो पटक सन् २०१८ को मई महिनामा भारतको कर्नाटक राज्यमा उक्त कीरा भेटिएको थियो । तत्पश्चात् अमेरिकन फौजी कीरा श्रीलंका, म्यानमार, भियतनाम, थाइल्यान्ड तथा चीनमा समेत भेटिसकेको जनाइएको छ ।
Share.

Leave A Reply