अमरापुरीमा बादबिबाद प्रतियोगिता सम्पन्न/ गैडाकोट ईङलिस स्कुल प्रथम

0


१७ जेठ, गैडाकोट । लक्ष्मी माबि अमरापुरी आधारभुत प्रतिभा पहिचान अन्र्तगत बादबिबाद प्रतियोगिता आज सम्पन्न भएको छ । बिद्यार्थी जिवनमा अधिकार ठुलो की कर्तव्य भन्ने शिर्षकमा गरिएको प्रतियोगितामा गैडाकोट ईङलिस स्कुलका बिबेक खनाल प्रथम हुनुभएको छ । प्रतियोगितामा  विजय सामुदायीक शिक्षा सदनकी सहारा सापकोटा द्धितीय तथा लक्ष्मी माबी अमरापुरीकी सलिना शर्मा तृतीय र कालिका माध्यामिक  बिद्यालयकी सुरक्षा चालिसे सान्तवना  हुनुभएको लक्ष्मी माबि अमरापुरीका कार्यक्रम संयोजक बिष्णु प्रसाद रिजालले जानकारी दिनुभयो  । शिक्षा,युवा तथा खेलकूद शाखा गैडाकोट नगरपालिका आयोजक रहेको कार्यक्रमको लक्ष्मी मावि अमरापुरी सह–आयोजक रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर शिक्षा प्रमुख बालकृष्ण चापागाईले बिद्यार्थीले अधिकार र कर्तव्य दुबैलाई संगसंगै अगाडी बढाउन सके राम्रो हुने बताउनुभयो । लक्ष्मी माबि अमरापुरीका प्रधानाध्यापक मणिकण्ठ कडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा रत्नराज्य लक्ष्मी माविका प्रअ नवराज काफ्लेले शुभकामना मन्तव्य राख्नुभएको थियो भने गैडाकोट वडान नम्वर १५ का अध्यक्ष रामकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद कडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

Share.

Leave A Reply