अबसर दिनुहोस्, काम गछाँैं

0


 
तेजेन्द्र रानामगर
गैँडाकोट । शरीरको कुनै एक अंगले काम गर्न नसक्नु नै अपाङता हो । हो अपाङगता भएका व्यक्तिमा पनि क्षमता छ । केवल कमि छ क्षमता पहिचानको, अपाङगता भएका व्यक्तिलाई सामान्य अवसर मिल्यो भने उनिहरुले समाजमा अरु नागरिक सरह जीवनयापन गर्न सक्छन । र समाज बिकास र उत्थानका लागि महत्वपूर्ण भुमिका निर्बाह गर्न सक्छन ।
स्थानीय तहदेखी केन्द्रसम्म अपाङगलाई समाबेशीकरण गर्दे अधिकार दिनुपर्ने मैत्री नेपाल गैडाकोटका उपाध्यक्ष कृष्ण सुबेदीले बताउनुभयोे ।  सामान्य व्यक्तीले जस्तै आफुहरुले पनि काम गर्न सक्ने दाबी सुवेदीले गर्नुभयो । उहाँले अहिले गैडाकोटमा नै ह्विल चियरमा बदाम मकै र तरकारी बेचेर आर्थिक रुपमा आत्मनिर्भर पनि हुनुहुन्छ ।  सुवेदी भन्नुहुन्छ “ हामी हाम्रो क्षमता अनुसारको काम गर्न सक्छौँ, अवसर दिनुहोस्, अरुले जस्तै कामको परिणाम दिनेछौँ ।”
अपाङगता भएका व्यक्तिलाई दया, मायाको भन्दा पनि अवसर र सिपको खाँचो भएको गैडाकोटका कृष्णचन्द्र पराजुलीको भनाइ छ । अपाङगलाई तालिम र सीप सिकाएर आत्मनिर्भर बनाउनुपर्ने पराजुलीको भनाइ छ ।
हरेक व्यक्तिको चाहना र मेहेनतले उसको प्रतिभालाई तिखार्ने गैडाकोट नगरपालिका नगर उपप्रमुख  बिष्णु कुमारी कंडेलले बताउनुभयो । कंडेल भन्नुहुन्छ “साहित्यकार झमक कुमारीको उदाहरण दिँदै हरेक व्यक्ति भित्र क्षमता र प्रतिभा रहेको छ” । कंडेलले त्यसका लागि व्यक्ति आफैले गरेको प्रयासमा नगरपालिकाको साथ रहने बताउनुभयो । आगामी आर्थिक वर्षका लागि पनि अवसर मूलक कार्यक्रमहरु अघि सार्ने बताउनुभयो ।
गैँडाकोटमा पनि अपाङगता भएका व्यक्तिको क्षमताको पहिचान गरि कार्य गर्ने र कसरी समावेश गराउने भन्ने बिषयमा छलफल भइरहेको जानकारी गँैडाकोट नगरपालिकाकी नगर उपप्रमुख  बिष्णु कुमारी कडेलले बताउनुभयो ।
अवसर पाए अपाङगता भएका व्यक्ति समाजका लागि उत्पादनशील नागरिक बन्न सक्छन  उनीहरूप्रति सकारात्मक दृष्टि राख्नु र अवसर उपलब्ध गराउनु आवश्यक छ । अपांगता भएका व्यक्तिलाई दया गरेर कठै भन्नु गलत हो । उनिहरुलाई अवसर दिउँ  समाजमा चेतना फैलाउनेदेखि अधिकारमुखी अवधारणामा अपाङ्ताको विषयलाई सम्बोधन गर्नेसम्म कामका लागि सरोकारवाला आफै जागरुक र संबेदनशिल हुन आवश्यक छ ।

Share.

Leave A Reply