चालु विकासमा गैडाकोट ४ का स्थानीय खुशी/आगामी बजेटमा सवै टोललाई समेट्न आग्रह

0


डोलराज रानाभाट, २९ जेठ , गैडाकोट । अन्य वडाको तुलनामा देखिनेगरि विकासका काम गरेको भन्दै गैडाकोट ४ का स्थानीयले वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने सहित जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् । गैडाकोट पम्पीङ स्किम खानेपानीको सभाहलमा आगामी आर्थिक वर्ष २०७६/७७ मा संचालन गरिने वडा स्तरीय योजना तर्जुमाको वडा भेलामा बोल्ने स्थानीयहरुले आगामी वर्षमा पनि यो कार्यप्रगतीलाई कायम गर्दै थप बजेट सहित सवै टोल विकास संस्थामा पुग्ने गरि योजनाहरु छुट्याउन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका पूर्व गाविस अध्यक्ष टोलनाथ घिमिरेले निर्वाचित सवै जनप्रतिनिधिहरु मिलेर वडाको विकासमा लाग्न सुझाव दिनुभयो । सिमित बजेटबाट असिमित योजनाहरु पुरा गर्नुपर्ने वाध्यता जनप्रतिनिधिहरुलाई रहेको भएपनि सवैको चित्त वुझ्नेगरि काम गर्न सुझाव दिनुभएको छ ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहनुभएका पूर्व वडा अध्यक्ष शोभाखर रिमालले नेतृत्व तहमा वसेपछि काम गर्न अप्ठेरो भएपनि प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्न सुझाव दिनुभयो । अन्य वडाको तुलनामा राम्रो काम भएपनि अव सडक निर्माणमा मात्रै नभएर अन्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै जनक प्राविका प्रअ वामदेव घिमिरेले विद्यालयको स्तर उन्नतीका लागि विशेष चासो दिन आग्रह गर्नुभयो । जिल्लामा गए नगरबाटै बजेट जान्छ भन्ने नगर गए वडामा जानुस् भन्ने परिपाटीले सानासाना वालवालिका गर्मीको मौसममा टिनको छानामुनि पाक्नुपरेको अवस्था रहेको भन्दै भवन निर्माण सहित बालमैत्री, शिक्षामैत्री बातावरण निर्माणमा जोड दिनुभयो । झण्डै १७ लाख रुपैया आवश्यक पर्ने योजनासहित आफुले अध्यक्षलाई भेटेरै अवस्था बताउने उहाँको भनाइ थियो ।

त्यस्तै गैडाकोट ४ की सुन्तली चौधरीले एकल महिलाहरुका लागि विशेष योजनाहरु ल्याउन आग्रह गर्नुभयो । महिला वडा संजाल गठन समेत थाहा नभएको भन्दै उहाँले व्यवसायि वनाउने खालका तालिम ल्याउन माग गर्नुभयो ।

वडा युवा क्लवका सचिव क्षितिज आचार्यले युवा लक्षित कार्यक्रममा जोड नदिएको भन्दै विदेशीएका युवाहरुलाई देशमा रोक्नुपर्छ भन्ने तर कार्यक्रम र योजनाहरु केहि नल्याउने गर्दा प्रविधिमैत्री कार्यक्रम अवको आवश्यकता रहेकोमा जोड दिनुभयो । आधुनिक प्रविधिको प्रयोग र मर्मत सम्वन्धी तालिमहरु ल्याउन आग्रह गर्दै डिजिटल वडा निर्माणमा युवालाई प्रयोग गर्न भन्दै आधुनिक प्रविधिसँगै युवाहरुलाई अघि बढ्ने वातावरण वनाउन माग गर्नुभयो ।

कार्यक्रममा ७ वटै टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले योजनाहरु पेश गरेका छन् । उनीहरुले पेश गरेका योजनाहरुमा सडक निर्माण, कृषी क्षेत्रको विकासकालागि वोरिङ, सडकमा जेव्रा क्रसिङ, विद्युतीकरण तथा फोहोरको व्यवस्थापनमा विशेष गरी योजनाहरु ल्याउन सुझाव दिएका छन् । ती मध्ये शिवालय नमुना टोलविकासका अध्यक्ष टिकाराम पौडेलले वडाबाट आफ्नो टोलमा कुनैपनि योजना नपारेको भन्दै आगामी दिनमा यस्तो नगर्न आग्रह गर्नुभयो ।  महिलाहरुको तर्फबाट पनि वडा महिला संजालकी अध्यक्ष शान्ता भुजेलले व्यवसायिक तालिममा जोडदिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संगिता घिमिरेले वडाभेलामा महिलाहरुको सहभागिता राम्रो भएको भन्दै महिला संजालले मागेको कार्यक्रम बजेटमा समावेश गर्न आग्रह गर्नुभयो । त्यस्तै लक्ष्मी भट्टराइले हाम्रा भन्दा पनि राम्रा काम ल्याउन आग्रह गर्दे लक्षितवर्गहरुलाई समेट्न सुझाव दिनुभएको छ । लक्षितवर्गको बजेट अरुले लेख्नेभन्दापनि आफ्नो कार्यक्रम आफै बनाउने  वातावरण मिलाउनुपर्ने र संचारको अभाव भएको गुनासो गर्नुभयो । वडा र विभिन्न संघ संस्थावीचको अभाव हटाउदै वडाको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै स्वास्थ्य स्वयम्सेविका पार्वती काप्रीले महिला स्वास्थ्य स्वमय्सेविका निश्वार्थ भावले काम गर्ने भएकाले केहि व्यवस्था भए राम्रो हुने बताउनुभयो ।
वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाका सवैको प्रतिनिधित्व हुनेगरि कम्तिमा ५१ प्रतिशतको सहभागतिा गराएर टोलमा भएका समस्या सहित विषयगतरुपमा के के योजनाहरु समावेश गर्नुपर्ने हो भनी सर्कुलर गरेको बताउँदै अवको ५ वर्षमा वडाले छुट्टै छलाङ मार्ने बताउनुभयो । गैडाकोटले वडानम्वर ४ लाई हेरेर सिक्नसक्ने वनाउने र गैडाकोटलाई देशले हेरेर सिक्नुपर्ने वातावरण वनाउन आफू लागिपर्ने प्रतिवद्धता उहाँको थियो ।

वडावासीहरुको सहयोगविना कुनैपनि कार्य गर्न नसकिने भन्दै प्राथमिकताका आधारमा बजेट छुट्याउँदै विकासका कार्यलाई तिव्रता दिने र त्यस लगत्तै उत्पादनशील क्षेत्रमा आफूहरुको ध्यान केन्द्रीत गराउने बताउनुभयो । नगरपालिकाको सहयोगसँगै २ वर्षमा देखिनेगरि काम भएको भन्दै सवै टोल तथा महिला, वालवालिका युवा, अपाङ्गता तथा एकल महिलाहरुको समस्यालाई ध्यानमा राख्दै त्यहि अनुसारको योजना तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply