जिल्ला समन्वय समिति नवलपुरको वेवसाइट सार्वजनिक

0


असार १२, गैडाकोट । जिल्ला समन्वय समितिको कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासीको वेवसाइट वुधवार सार्वजनिक गरिएको  छ । जिल्ला समन्वय समितिको कार्यलयमा भए गरेका कार्यसंग संगै जिल्लाका हरेक सुचनाहरुलाई नागरिक सम्म पुरयाउने उद्देश्यका साथ जिल्ला समनबय समितिले बुधवारदेखि संचालनमा ल्याएको बेभसाईटको नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट र जिल्ला समन्बय समितिका प्रमुख चेसराम आले मगरले संयुक्त रुपमा एक समारोह बीच शुभारम्भ गर्नु भएको थियो ।
शुभारम्भ कायृक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले जिल्ला समन्बय समितिले आज देखि संचालनमा ल्याएको बेभसाईटले नमुना नवलपुरको हरेक बिकासमा टेबा पुग्ने बताउँदै बेभसाईटले जिल्लाको समग्र बस्तुस्थितिको झल्को दिने बताउनुभयो । यो संचालनमा आउनु राम्रो भए पनि यस्को सुचनाहरु ताजा र निष्पक्ष ढंगले छिटो छरितो आउनु पर्नेमा अध्यक्ष रानाभाटले जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्बय समितिका प्रमुख चेसराम आले मगरले जिल्ला समन्बय समितिले सार्बजनिक गरेको बेभसाईटले जिल्लाको बस्तुस्थितिका बारेमा सहि सुचना दिने गरि अघि बढने बताउनुभयो । जिल्लाको बस्तुस्थितिको बारेमा चुस्त र दुरुस्त सर्वसाधारणलाइ सुचना दिनका लागि वेवसाइट राखिएको हो । नमुना नवलपुर जिल्ला विकास योजना को रुपमा विभिन्न क्षेत्रवाट विकास भइरहेको अहिलेको परिवेशमा सुचना लाई थप सहज र छरितो आम जनतामा पुरयाउनका लागि जिल्ला समन्बय समितिले बुधवारदेखि संचालनमा ल्याएको बेभसाईट प्रभाबकारी हुने जिल्ला समन्बय अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो ।

Share.

Leave A Reply