विजय एफ.एम. गौरवमय १५ औ बर्षमा प्रवेशको अवसर विभिन्न कार्यक्रम सार्वजनीक

0

तिलक सुवेदी/ गैडाकोट ।
विजय सामुदायिक सुचना तथा संचार सहकारी संस्था लिमिटेट द्धारा संचालीत विजय एफ.एम १०१ गौरवमय १५ औ बर्षमा प्रवेशको अवसर विभिन्न कार्यक्रम गर्ने भएको छ ।

एफ.एमले अहिलेको बर्ष स्थानीय सरकारले गरेको काम काजको बारेमा मध्य नगर गर्दै श्रवण २२ गते देखि स्थानीय तहको समृद्धि र मिडियाको भुमिका वडा जनप्रतिनिधिसंग अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित विजय एफ एम १०१.६ यही भाद्र ५ गतेबाट १५ औँ वर्षमा प्रवेश गर्दैछ । गौरवमय १५ औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको विजय एफ.एमका स्टेशन म्यनेजर श्रीधर उपाध्ययाले जानाकारी दिनुभयो ।

श्रावण २२ गते मंगलबारबाट रेडियोले वडा तहमा अन्तक्रिया कार्यक्रमको आयोजना गर्ने । स्थानीय तहको समृद्धि र मिडियाको भूमिकाको विषयमा रेडियोले वडा तहका जनप्रतिनिधिसंग अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । श्रावण २२ गते गैँडाकोट वाड नं. १ मा विहान ८ बजे र गैँडाकोट वाड नं. २ मा बेलुका ४ बजे वडाका जनप्रतिनिधि संग विकास निर्माण, समृद्धिको खाँका, सुशासनको पक्रियामा स्थानीय तह र रेडियोको भूमिकाका सन्दर्भमा बहस कार्यक्रम हुने छ ।

भाद्र ३ गते ब्यपारी संग अन्तरक्र्रिया कार्यक्रम र । भाद्र ५ नमुनाग्राम संचार अभियान घोषणा तथा बर्षिक उत्सव कार्यक्रम हुने उपाध्ययाले जानाकारी दिनुभयो ।

Share.

Leave A Reply