गैडाकोट ९ मा शिखर खजुराव शैलिको हनुमान मन्दिरको शिलन्यास/१ करोड ३५ लाख लागत

0

डोलराज रानाभाट, २९ जेठ, गैडाकोट । गैडाकोटलाई देश तथा विदेशमा चिनाउदै धार्मिक पर्यटक भित्राउन शिखर खजुराव शैलीको हनुमान मन्दिर निर्माण गरिने भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सिमा रहेको हनुमान मन्दिर समिति चक्रघाटले निर्माण गर्ने सो मन्दिरको आज हरिहर सन्न्यास आश्रम देवघाटधामका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले शिलन्यास गर्नुभएको हो ।
। शिलन्यास समारोहमा सम्वोधन गर्दै मानिसको जिवनहुदानै राम्रो काम गर्नुपर्ने वताउँदै मन्दिर निर्माणपछि धार्मिक पर्यटकको आगमनका साथै नेपाल तथा विश्वमा गैडाकोट चिनिन मद्धत पुग्ने बताउनुभयो ।

मन्दिरका अध्यक्ष टिकाराम कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले १ करोड ३५ लाखमा मन्दिर निर्माण गरिने जानकारी दिनुभाये । र्काक्रममा बोल्दै गण्डकी प्रदेशका सभासद कृष्णचन्द्र नेपालीले मन्दिर निर्माणमा आफूले सकेको सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख छत्रराज पौडेलले मौलाकालिदेखि हनुमान मन्दिर हुँदै शिख्रौली र मुकुन्दसेन दरवारसम्मलाई विशेष प्राथमिकतामा राखेर काम अघि बढेको बताउनुभयो । नगरउपप्रमुख विष्णु कुमारी कडेँलले नगरपालिकाबाट हुनसक्ने सहयोग आफूले गर्ने र मीन्दरमा निर्माणले धार्मिक पर्यटक आगमनमा वृद्धि गर्ने विश्वास लिएको बताउँदै सशुल्क भोजनालय समेतको विकास गर्न सुझाव दिनुभयो ।  पिताम्वर सापकोटाले सहजीकरण गर्नुभएको कार्यक्रममा वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, खगराज सापकोटा, होमनाथ सापकोटा,वेद प्रसाद गौडेल, पवन अग्रवाल, बालुराम कुमाल, कल्पना देवकोटा लगायतले कार्यक्रममा बोल्दै मन्दिर निर्माणका लागि सक्दो सहयोग गर्न सवैमा आग्रह गर्नुभयो ।

Share.

Leave A Reply