सुर्यविनायक बोर्डिङ गैडाकोटमा एल्मुनाई एशोशिएसन गठन/अध्यक्षमा कृतिका

0


डोलराज रानाभाट, ३२ जेठ , गैडाकोट । सुर्यविनायक सेकेण्डरी बोर्डिङ स्कूल गैडाकोटमा पूर्व विद्यार्थीहरुको संस्था सुर्यविनायक एल्मुनाई एशोशिएसन नवलपुर गठन गरिएको छ । पूर्व विद्यार्थीहरुको शुक्रावार भएको भेलाले कृतिका पराजुलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रोजा पोख्रेल, सचिबमा पवन शर्मा, कोषाध्यक्षमा सपनिश शर्मा र सहसचिबमा दीपा रानाभाट रहनुभएको छ । सदस्यहरुमा सिजन गौतम,एन्जिला कडेल, सनम मल्ल,एलिशा श्रेष्ठ ,एलिजा गहतराज,सन्ध्या कार्की, अन्जली श्रेष्ठ र स्वस्तिका थापा चयन हुनुभएको छ। बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज रानाभाटको अध्यक्षता सम्पन्न भेलाको प्रमुख अतिथि बिद्यालयका प्राचार्य धनिश्वर गौतम रहनु  भएको  थियो। कार्यक्रममा शैक्षिकसत्र २०७५÷०७६ को जेष्ठ महिनाका गतिबिधीहरु प्रोजेक्टरको माध्यमबाट शिक्षक विजय बस्यालले विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । बिधालयका  अतिरिक्त कृयाकलाप प्रमुख दिपेन्द्र अधिकारीले सहजिकरण गर्नु  भएको कार्यक्रमपछि बसेको विद्यार्थीहरुको पहिलो बैठकले सल्लाहकारहरु चयन गरिने र अन्य जिम्मेवारी समेत बांडफांड गरिने नबनिबार्चित अध्यक्ष कृतिका पराजुलीले  जानकारी दिनुभयो ।

Share.

Leave A Reply