सुर्यविनायक बोर्डिङको नयाँ अभ्यास ! विद्यार्थी शिक्षकको जन्मदिनमा संकलित रकमले बृद्धहरुलाई भोजन

0


डोलराज रानाभाट, २७ वैशाख ।  जन्मदिन आउनु दुई तीन अघिनै होटल तथा पार्टी प्यालेस बुकिङ्ग गर्ने चलन समाजमा बढ्दै गएको छ । वर्षेनी आउने जन्मदिन पनि जुगमा एक पटक मात्रै आउँछ जस्तो गरि ठूलै रकम खर्च गरेर मनाउने चलन बढिरहेको छ । केक काट्नु सामान्य कुरा भएपनि होटलमा भोज, पेय पदार्थ अनि डिस्को डान्समा धेरै खर्च गर्ने गरेको हामी देख्न सक्छौँ । तर सुर्यविनायक सेकेण्डरी बोर्डिङ स्कुल गैडाकोट २ का विद्यार्थीहरुले भने जन्मदिनलाई फरक अभ्यासले मनाउन सुरु गरेका छन्। उनीहरुले आफ्नो जन्मदिन पर्नासाथ केहि रकम संकलन गरेर जम्मा गर्न थालेका छन् ।  विद्यार्थी मात्रै होइन शिक्षक र अभिभावकले पनि विद्यार्थीको अनुशरण गरेका छन् ।  यसरी संकलित रकम उनीहरुले सामाजिक कार्यमा खर्च गरेका छन् । हिजो मात्रै नेपाल जुनियर रेडक्रस सर्कल सुर्यविनायक सेकेन्डरी बोर्डिङ स्कुल् गैडाकोट २ नवलपुरको  आयोजनामा  देबघाट समाजकल्याण केन्द्र बृद्धाश्रम देबघाट तनहुँमा रहुनभएका ३१ जना वृद्धहरुलाइ भोजन ग्रहण गराइएको छ । बिश्व रेड्क्रस दिवसको अवसरपारि हिजो विद्यार्थी एवम् शिक्षकको जन्मदिनका अवसरमा संकलन गरीएको रकमबाट भोजन गराइएको हो ।

जसमा  बिधालयका अभिभावकहरुको स्वेच्छिक  आर्थिक सहयोग रहेको थियो। जसमा कक्षा १० का छात्रा सेजल लम्साल का बुवा रमेश शर्माको   जन्मदिन्को अबसरमा रु एक हजार सोहि कक्षाका छात्र प्रदोश लम्साल्की आमा सुनिता लम्सालबाट एक हजार र कक्षा ९ मा अध्ययनरत  छात्र बिप्लब हुमागाइकी आमा मिना हुमागाइबाट  पाँच सय जन्मदिनको अवसरमा सहयोग गर्नुभएको थियो । सोहि अवसरमा आश्रममा रहनुभएका वृद्धहरुलाइ   गम्छा पनि बितरण गरिएको र कार्यक्रममा आर्थिक सहयोग एवम जन्मदिनको अवसर पारेर पुण्य कार्यमा समावेश हुने सम्पुर्ण विद्यार्थी अभिभावकहरुलाई विद्यालयले धन्यवाद व्यक्त गरेको छ । कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थी एवम शिक्षकको सहभागिता रहेको शिक्षक तिर्थराज रानाभाटले जानकारी दिनुभयो ।

Share.

Leave A Reply