१३ वर्षीय बालक थापाको याचना/ब्लड क्यान्सरबाट बचाइदिन आर्थिक सहयोगको आग्रह

0


डोलराज रानाभाट, असार १७,गैडाकोट । व्लड क्यान्सरबाट पीडित गैडाकोट १२ हर्कपुरका १३ वर्षीय बालक गौ वहादुर थापाले आफ्नो उपचारकालागि आर्थिक सहयोगको याचना गर्नुभएको छ ।

ज्याला मजदुरीबाट घरपरिवार चलाउने उहाँको परिवारमा आर्थिक अभाव भएपछि उपचारका लागि आर्थिक सहयोग गरिदिन सवैमा अनुरोध गर्नुभएको हो । १३ वर्षमै ब्लडक्यान्सर भएपछि ज्यालामजदुरी गर्ने उहाँको बुबा डिल बहादुले पनि छोरा बचाइदिन देश तथा विदेशमा हुनुभएका नेपालीहरुमाझ याचना गर्दै अनुरोध गर्नुभएको हो । देवघाट गाउँपालिका २ तनहुँ स्थायी घर भएका थापा परिवार ३ वर्षदेखि घर भाडामा हर्कपुर वस्दै आएको छ । ८ जनाको परिवारमा थापा जेठो छोरा हुन् । जेठो छोरालाई नै यस्तो विपत्ति आइलागेपछि अहिले थापा परिवारनै चिन्तित छ । यहि रोगका कारण कक्षा २ मानै पढाई स्थगित गर्नुपरेको थापा विद्यालय समेत जान सकेका छैनन् ।

थापाको भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिहरेको छ तर रगतको थप नमुना भारत पठाउन चिकित्सकले भनेपनि रकम अभावका कारण अस्पतालसम्म जान नसकेको उहाँका वुवा डिलवहादुरको दुखेसो छ । अहिले वडा अध्यक्ष थिर वहादुर थनेत, जनप्रतिनिधि रमेश भट्टचन, युवा बुद्धि न्यूरे रकम संकलनका लागि सक्रिय भएपनि ठूलै रकम आवश्यक पर्नेभएकाले देश तथा विदेशमा भएका नेपालीहरुलाई आर्थिक सहयोग गरि थापालाई बचाइदिन अनुरोध गर्नुभएको छ । आर्थिक सहयोग गर्न चाहाने महानुभावहरुले मोबाइल नम्वर ९८२६१०१३३० मा सम्पर्क गर्न सकिनेछ ।

Share.

Leave A Reply