कतारमा बिनोद रानाभाट सहयोग समूह गठन /सहयोग गर्न सवैमा आग्रह

0


असार १२, कतार । कतारको सर्बोच्च अदालत बाट भारतीय नागरिक हत्यामा दोषी ठहर भइ कतारको जेलमा थुनामा रहेका चितवनका बिनोद रानभाटलाई  जेल मुक्त गर्नका लागि सहयोग गर्न कतारमा बिनोद रानाभाट सहयोग संकलन समुह गठन भएको छ । चितवन युवा समूह कतारको सक्रियतामा गठित सो समूहले जेलमा रहेका रानाभाटले पिडित पक्षलाई तिर्नु पर्ने जरिवाना  स्वरुपको ब्लडमनि संकलन गर्न सहयोग गर्नेछ ।  कतारको सर्बोच्च अदालतले ३ बर्ष कैद र कतारी रियाल २ लाख ६० हजार ब्लड मनि जरिवानाको सजाय सुनाएका कारण उहाँलाई जेल बाट छुटाएर स्वदेश फर्काउने यो अभियानमा सहयोग गर्न समुहले आग्रह पनि गरेको छ ।

कतारमा रहेका आप्रबासी नेपाली हरुमाझ अभिभाबकका रुपमा स्थापित समाजसेबि सागर नेपालको संयोजकत्व तथा गैरआवासीय नेपाली  संघका मध्यपुर्ब सह–संयोजक प्रबिण गुरुङ सह–संयोजक रहने गरि १३ सदस्यीय सहयोग संकलन समुह गठन गरेर यो अभियान सुरु गरिएको हो । समूह को पहिलो बैठकले कार्यबिभाजन सहित सहयोग अभियान सुरु गरेको छ । बैठकले  रामहरी गैह्रे को संयोजकत्वमा चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका समिर खत्री सदस्य रहने गरी “पत्राचार तथा सहकार्य टिम” निर्माण गरेको छ । त्यस्तै सन्चारकर्मी  विजयराज अधिकारीको संयोजकत्वमा पत्रकार रबि रोषी र  अनिश नकर्मी सदस्य रहने गरी “प्रचारप्रसार र मिडिया टिम” निर्माण गरेको छ ।  त्यस्तै इश्वरराज पौडेलको संयोजकत्वमा रघुनाथ शर्मा र प्रकाश अर्याल सदस्य रहने गरी “आर्थिक अनुगमन टिमूनिर्माण गरेको छ ।

बैठकले रानाभाटको सहयोगका लागि कोष खडा गर्ने र त्यसैलाइ आधिकारिक बनाएर बिश्व भरमा रहेका नेपाली तथा नेपाली भाषी वा अन्य मुलुकका नागरिकले पनि सहयोग गर्न सक्ने गरि योजना तयार गरेको छ । ब्यक्ती ब्यक्ती बाट उठाइएका रकम को लेखा जोखा पनि नहुने र पारदर्शी पनि नहुने भएका कारण यो प्रक्रिया बाट सहयोग संकलन गर्न लागिएको संयोजक नेपाल ले बताउनु भयो ।

झन्डै ४ महिना भित्रमा २ लाख ६० हजार कतारी रियाल सन्कलन गर्नु पर्ने भएका कामकारबाहीमा जतिसक्दो छिटो नेपाल बाट आधिकारिक बैंक खाताको विवरण को पत्र नगरपालिका तथा वडा कार्यालय बाट मगाएर चितवन युवा समूह को सहभागीता रकम जम्मा गर्न सुरु गरिने उहाले बताउनु भयो । चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति लाई पत्र मार्फत सबै देश मा यो अभियान शुरु गर्न तथा आवस्यक अनुगमन र सहकार्य गर्न अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।  कतार मा विभिन्न उदेश्य ले स्थापित संघ संस्था र समाज हरु लाई सहयोग संकलन अभियान मा लाग्न को लागी पत्राचार गर्ने र एउटा विशेष कार्यक्रम आयोजना गरी सबै लाई यो अभियान के कसरी संचालन गरिएको र यसको अनुगमन र  बिस्वस्नियता  तथा आधिकारिकता को बारेमा जानकारी दिने पनि बैठकले निर्णय गरेको छ ।

कतारमा रहेको नेपाली दुताबास लाई यो अभियानका बारेमा आधिकारिक जानकारी पत्र दिने र  गैर आवासिय नेपाली सघ एनसिसी कतार मार्फत सहयोगको अपिल गर्ने पनि बैठकले निर्णय गरेको छ । सहयोग संकलनको विवरण पारदर्शी तरिका ले चितवन युवा समुहको फेसबुक पेज र बिनोद रानाभाट सहयोग समूहको आधिकारिक पेज बनाएर त्यस बाट जानकारी दिने आर्थिक अनुगमन समितिका सदस्य प्रकाश अर्यालले जानकारी दिनुभयो । सहयोह गर्न चाहेका तर सहि माध्यम नपाउनु भएकाहरु लाई यो अभियानमा जोडिएर सहयोग गर्न पनि उहाले आव्हान गर्नु भयो ।

साथै समुहले कतार स्थित नेपाली राजदुतावासले जारी गरेको बिज्ञप्ति लाई आधार मान्दै  रानाभाटलाई अदालतले मृत्युु दण्डको फैसला नगरेको र ब्लड मनिको पैसा अर्थात अदालतले तोकेको रकम पिडित परिवारलाई बुझाएपछि उनी प्रक्रिया मिलाएर स्वदेश फर्कन सक्ने कुरामा स्पष्ट हुन पनि सबैमा आग्रह गरेको छ ।

Share.

Leave A Reply