गैँडाकोट नगरपालीकाको चौथो नगरसभा सम्पन्न

0


गैडाकोट, ११ जेठ । गैँडाकोट नगरपालिकाको स्थगित चौँथो नगरसभा आज सम्पन्न भएको छ । निर्धारित समय भन्दा झण्डै एक घण्टा ढिलागरि गैँडाकोट रिसोर्टमा शुरु भएको नगर सभाले अनुगमन समितिको प्रतिवेदन, योजना परिवर्तन गरिएको विवरण, कार्यपालिकाको तर्फबाट विभिन्न योजना संचालनका लागि गरिएका निर्णयहरु, जनप्रतिनिधीहरुको पारिश्रमिक लगायतका कार्यका लागि रकमको व्यवस्था गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

अनुगमन समितिको प्रतिवेदन नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुकुमारी कंडेलले प्रस्तुत गर्नुभएको थियो । सभाअध्यक्ष एवं गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नगर सभामा तिनओटा समिति गठन गर्न प्रस्ताव पेश गरेपनि गठन हुन सकेन । नगर सभामा लेखा समितिको गठन, विधेयक समितिको गठन र सुशासन समितिको गठनका लागि प्रस्ताव पेश गर्नुभएको थियो । नगर सदस्यको धारणापछि सभाअध्यक्ष पौडेलले आफैँ प्रस्तुत गर्नुभएको प्रस्ताव फिर्ता लिनुभयो । नगरसभापछि विजयएफएमसँग कुरा गर्दै उहाँले नगर सदस्यहरुको मनशाय र प्रस्ताव पास हुने नदेखिएपछि अर्को नगर सभामा पेश गर्नेगरि फिर्ता लिएको बताउनुभयो ।

Share.

Leave A Reply