RJ Details


   

Prem Kshetri

Asst. Station Manager/Sub–Editor

Date of Birth: APRIL 10

प्रेम क्षेत्री १५ वर्षदेखी सक्रिय पत्रकारितामा हुनुहुन्छ । चितवन माडी–१ का स्थायी बासिन्दा उहाँ विजय एफएम १०१.६ मा २०६४ सालदेखी कार्यरत हुनुहुन्छ । प्रशिक्षार्थी पत्रकारका रुपमा प्रवेश गर्नुभएका उहाँले ६ महिनाको स्वयम् सेवापछि रिपोर्टरको जिम्मेवारी सम्हाल्नुभएको थियो । हाल उहाँ सहायक स्टेशन म्यानेजरको जिम्मेवारीमा हुनुहुन्छ । उहाँले दश जोड दुई र स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्नुभएको छ । स्नातकोत्तरमा मानवशास्त्रीका विद्यार्थी उहाँले २०६२ सालमा स्कुले जीवनमा नै शान्ती कुञ्ज पत्रिकाको सम्पादन गरेर पत्रकारिता यात्रा शुरु गर्नुभएको हो । हाल उहाँ विजय खबर पत्रिकाको समाचार सम्पादकका रुपमा समेत कार्यरत हुनुहुन्छ । उहाँसँग चितवन खबर अर्ध साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादकको अनुभव समेत रहेको छ । २०६३ सालमा रेडियो पत्रकारिता तालिम र त्यसपछि दर्जन वढि तालिम लिएका क्षेत्रीको रुचि रेडियो फिचर निर्माण र रेडियो छलफल कार्यक्रम सञ्चालनमा छ । उहाँ प्रत्यक्ष प्रशारण र विषय केन्द्रीत समूह छलफल कार्यक्रममा दखल हुनुहुन्छ । उहाँले दर्जनौ ठाउँहरुमा रेडियो पत्रकारिता तालिम समेत दिनुभएको छ ।