गैडाकोट १ का वडासदस्य उपाध्याद्धारा राजीनामा/नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्ट

0
  • डोलराज रानाभाट, २६ असार, गैडाकोट । नगरकापालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै गैडाकोट १ वडासदस्य राजेन्द्र प्रसाद उपाध्यायले राजीनामा दिनुभएको छ । आज वडा कार्यालयमा गएर राजीनामा पत्र बुझाउनुभएको हो । बिहिबार बिहानको विजय एफ.एम.को कार्यक्रम आजको सवालमा बोल्दै वडासदस्य राजेन्द्र उपाध्यायले नगरप्रमुख राजा बन्न खोजेको र संघीय नियमभन्दा प्रदेश नियमको व्याख्या गरेर नगरसभा सदस्यहरुलाई पाँचौ नगरसभाले पास गरेको विनियोजन विद्येयाक आर्थिक विद्येयकमाथि अध्ययन गर्न पर्याप्त समय नदिएको आरोप लगाउनुभएको थियो ।
  • कार्यपालिका बैठकमा नोट अफ डिसेन्ट पनि लेख्न नदिएको कुरा वाहिर सुन्नमा आएको भन्दै उपाध्यायले नगरप्रमुख जस्तो व्यक्ति राजा वन्ने शैलीबाट नगरको विकास गर्न नसकिने भन्दै राजीनामा दिने बताउनुभएको थियो । विहान कुराकानी गर्नुभएका उपाध्ययाले ११ बजे वडामा गएर राजीनामा पत्र वुझाउनुभएको हो ।
  • वडासदस्य उपाध्यायले बुधवारको नगरसभामा प्रस्तुत गरिएको आर्थिक विद्येयक र विनियोजन विद्येयकमाथि पर्याप्त अध्ययनका लागि समय दिनुपर्ने माग गरेको तर त्यो समय पनि उपलब्ध नगराई ध्वनी मतका आधारमा पास भएको भन्दै त्यसको विरोध स्वरुप आफ्नो राजीनामा भएको उहाँको भनाई छ । हुन्छ भन्नेहरुको आवाज भन्दा वहुसंख्यक नगरसभा सदस्यहरुको मौनतालाई सम्वोधन गर्ने कुनै कदम नचालिएको भन्दै नीति र विधिको विरुद्ध नगरसभा गएकालेनै राजीनामा दिनुपरेको समेत उहाँको भनाई छ । यद्यपी राजीनामा पश्चात पनि आफू नगरको विकासका लागि एक सक्षम नागरिक सरह सक्रिय रहने बताउनुभयो ।
  • यता वडाध्यक्ष हरिप्रसाद सापकोटाले राजीनामा पत्र प्राप्त भएपनि प्रक्रियामा नलगिएको विजय एफएम संगको कुराकानीमा बताउनुभएको छ । उहाँसँग बसेर कुराकानी गर्ने बताउँदै वडा अध्यक्ष सापकोटाले खासै ठूलो गुनासो पत्रमा पनि नभएको र बसेर छलफल गरिने बताउनुभयो ।
  • यता मेयर छत्रराज पौडेलले पनि राजीनामै दिनुपर्ने त्यस्तो केहि नभएको भन्दै नगरको विकासका लागि सवै मिलेर लाग्न आह्वान गर्नुभयो । आफूले कुनैपनि नीति तथा विधि नमिचेको भन्दै बजेट अपुग भएको ठाउँमा आफ्नो पहल निरन्तर रहने र गैडाकोट वासीहरुनै आफ्नो जनता भएको भन्दै समृद्ध गैडाकोटको महाअभियानको यात्रा पार गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यो यात्रामा सवैलाई समान व्यवहारका साथ आफू लागिरहने बताउनुभयो ।
Share.

Leave A Reply