गैडाकोटमा सम्पन्न ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जीवन ज्योतिलाई

0

डोलराज रानाभाट, असार २४, गैडाकोट ।
११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जीवन ज्योति मावि कावासोतीले उचालेको छ । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा असार २३ र २४ गते भएको फाइनल प्रतियोगितामा ८ स्वर्ण,१ रजत तथा २ कास्य पदक हासिल गर्दै शिल्ड हात पार्न सफल भएको हो । त्यस्तै मणिसंगम मावि डाडाजोर ३ स्वर्ण, ६ रजत र १ कास्य पदक हासिल गर्दै उपविजेता वनेको छ भने जनता मावि त्रिभुवनटारले ३ स्वर्ण, २ रजत पदक सहिति तृतीय स्थान हासिल गरेको छ । भानुदय मावि चुकाहा ३स्वर्ण र २ कास्य पदक सहित चौथो भएको छ । जनक नमुना मावि गैडाकोटको व्यवस्थापनमा भएको खेलमा प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएका विद्यार्थी तथा विद्यालयको पनि आजै सार्वजनिक गरिएको छ । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्व समिति नवलपुरका प्रमुख चेसराम आले, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास केसी, विशिष्ट अतिथि जनक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनभक्त अधिकारी लगायतले संयुक्त रुपमा पुरस्कार स्वरुप शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक रामकृष्ण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा लगायतले आफ्नो भनाइ राख्दै प्रतिकूल मौसमका वावजुत पनि खेल सम्प्न्न भएकोमा सवैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको विद्यालयक शिक्षक हिमालदेव पंगेनीले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply