राष्ट्रिय नागरीक पार्टी संगठन विस्तारमा/चितवनको कालिका नगरमा कमिटी गठन

0


डोलराज रानाभाट, ३० वैशाख । जनताहरुको मागलाईनै पार्टीको मुख्य ऐजण्डा बनाउनेगरि राष्ट्रिय नागरीक पार्टीले आफ्नो संगठन विस्तारलाई तिव्र बनाएको छ । अवको एक वर्षमा ७७ जिल्ला तथा नगरपालिकामा संगठन विस्तार गर्ने योजना सहित आज चितवनमा कालिका नगर कमिटी गठन गरिएको हो । लामो समय सत्ता तथा सत्ता वाहिर रहेका मुख्य राजनीतिक दलहरुले जनताको अपेक्षाअनुसार काम नगरेको भन्दै देशमा भएको व्याप्त भ्रष्टचारको अन्त्य तथा विधिको शासन कायम गर्न पार्टीलाई देशव्यापी अभियानमा अघि बढाएको केन्द्रीय अध्यक्ष शुक्र बहादुर गुरुङले जानकारी दिनुभयो ।

पृथ्वी नारायण शाहको दिव्यउपदेशलाई पछ्याउदै उहाँले अवलम्व गरेको राजनीतिक, कुटनीतिक तथा आर्थिक नीतिलाईनै प्रमुख बनाउदै जनताको चाहाना र अपेक्षालाई पार्टीको मुख्य सिद्धान्त बनाउने गुरुङको भनाई छ । सवै किसान र मजदुरको पार्टी भएको नागरीकलाई एकतामा जान धेरै ठाउँबाट मौका आएपनि संगठन विस्तार मजवुद नभएसम्म कतैपनि नजाने अध्यक्ष गुरुङको भनाई छ । विस २०७४ सालमा स्थापना भएको पार्टीले वर्तमान सरकारको कार्यले जनता निराश वनेको भन्दै वैकल्पिक पार्टीको रुपमा नागरीक पार्टीलाई अंगाल्नेहरुको संख्यामा वृद्धि हुँदैगएको उहाँको दावी थियो ।

यो नेता र त्यो जनता भन्ने सोचाईलाई पुरै परिवर्तन गर्दै सवैलाई समान स्थानसहित पार्टीले देशव्यापी अभियान चलाइरहेको गुरुङको भनाई छ । कार्यक्रममा नेपाली राष्ट्रिय पोशाकको रुपमा रहेको दौरा, सुरुवाल र ढाकाको टोपी संरक्षणलाई जोड दिँदै सवै पदाधिकारीलाई अनिवार्य गरिएको छ । कार्यक्रमपूर्व पार्टीको झण्डा र नेपाली राष्ट्रिय झण्डा सहितको नेता कार्यकताको र्यालीले नगर परिक्रममा गरेको थियो ।


आज गठन भएको नगर कमिटीको नगरप्रमुखमा विकास रुम्वा चयन हुनुभएको छ । आज गठन गरिएको १७ नगर कमिटीको नगर उपप्रमुखमा देवी गुरुङ, सचिवमा अनु सुवेदी, सदस्यहरुमा कंचन गुरुङ, श्रीवहादुर गुरुङ, रेणु तामाङ,मकविर लामा, समिर लामा,गिता परियार,पर्वत बोम्जन, माया कडेँल सापकोटा, रामचन्द्र उप्रेती, सुरज विक, अर्जुन विक,भोजराज विक, सागर विक, र धन वहादुर विक चयन हुनुभएको छ ।  चितवन जिल्ला अध्यक्ष रामलाल महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्षद्धय नवराज घले, केशवनाथ शुक्ला, सचिव राजेश्वर खतिवडा, सल्लाहाकार भरत थापा, सिन्धु वन्त, केन्द्रीय सदस्यहरु अन्तोष वम्जम,सावित्रि थापा, गिता पौडेल ढकाल, अमृतमान श्रेष्ठ, आशालाल श्रेष्ठ, सन्जु पौडेल, सन्जयकाजी महतो, माडी नगरप्रमुख जनकलाल महतो, पार्सागढी नगरपालिका कमिटी प्रमुख विष्णु वुढाथोकी लगायतले कार्यक्रममा बोल्नुभएको थियो । साथै कार्यक्रममा निमा सिम लामालाई केन्द्रीय सदस्यमा मनोनित गरिएकोछ भने सो अवसरमा नव प्रवेश युवाहरुलाई ढाकाको टोपी सहित खादाले स्वागत गरिएको थियो ।

Share.

Leave A Reply