भारतीय अचारलाई भान्सामा निषेध ः स्थानीय अचारको प्रयोग गर्ने गैडाकोट ९ का महिलाहरुको प्रतिवद्धता

0

डोलराज रानाभाट, २३ असार, गैडाकोट । भारतबाट विषादी सहित आयात हुने तरकारीको परीक्षण नभइरहेको भन्दै धेरैजना विरोधमा रहदा गैडाकोट ९ का महिलाहरुले भने स्थानीय उत्पादनलाई प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गैडाकोट नगरपालिकाको आर्थिक सहयोग र वडानम्वर ९ को आयोजनामा भएको दुइ दिने अचार वनाउने तालिम पाएपछि महिलाहरुले भारतबाट आयात हुने अचारलाई भान्सामा प्रवेश निषेध गरिने बताएका छन् । आफ्नै करेसावारीमा उत्पादन हुने तरकारीबाट भान्सामा प्रयोग गरिने मसलाहरु प्रयोग गर्दै अर्गानीक अचार वनाउने सकिने भएपछि अव व्यवसायीक वन्न प्रेरणा मिलेको पनि तालिममा सहभागीहरुले बताएका थिए । प्रशिक्षार्थी विष्णु देवकोटा, विष्णु पाण्डे,रिता कडेँल सापकोटा लगायतले तालिम प्रभावकारी भएको र छोटो समयमै बनाउन सकिने अचारको व्यवसायनै गर्न सकिनेगरि सीप हासिल गरेको बताएका छन् ।

वडा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि प्रेमप्रसाद सापकोटाले नगरपालिकाले लिएको नीति म तरकारी विना खान्न, म तरकारी किन्न जान्न भने नारालाई सार्थकता दिन अचार वनाउने तालिममले सहयोग पुग्ने बताउनुभयो । वाहिरबाट आउने अचारको आयातलाई रोक्न र गैडाकोट ९ को पहिचानका लागि पनि यो तालिम प्रदान गरेको बताउँदै अव हरेक नेपालीका भान्सामा गैडाकोट ९ बाट अचार जानुपर्नेगरि अघि बढ्न आग्रह गर्नुभयो ।

१० जना माथिको समूह वनेर व्यवसायिक वन्न खोज्नेलाई नगरपालिकाबाट अनुदान समेत प्रदान गर्ने बताउनुभएका सापकोटाले आगामी आर्थिक वर्षमा पनि कार्यक्रम राख्ने बताउनुभयो । कार्यक्रममा थुम्सी टोलविकास संस्थाकी अध्यक्ष कल्पना देवकोटाले अचार वनाउने तालिमले गैडाकोट ९ को समृद्धीलाई टेवा पुग्ने बताउँदै सिकेको सीप व्यवहारमा प्रयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा सदस्य भवानी वर्तौलाले महिलाहरुलाई आत्मनिर्भर वनाउन अचार वनाउने तालिम संचालन गरेको र यसले भारतबाट आयात हुने विषादी वा केमिकल मिश्रीत अचारलाई विस्थापित गर्ने आशा लिएको बताउनुभयो ।

तालिम लिएका २६ जना महिलाहरुलाई अचारमा व्यवसायि वन्न आग्रह गर्दै गैडाकोट ९ का महिलाहरु स्वालम्वी छन् भन्नेकुराको प्रमाणित गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थीहरुले बनाएका अचारलाई मायाको चिनोको रुपमा प्रमाणपत्र सहित वितरण गरिएको थियो । साथै उक्त अचार नगरप्रमुख उपप्रमुखलाई पनि प्रदान गरिने कार्यक्रम संयोजक भवानी वर्तौलाले जानकारी दिनुभयो । सोही अवसरमा गैडाकोट ९ बाट टेलर व्यवसायमा आत्मनिर्भर रिता आचार्यलाई नगरपालिकाको अनुदान रकम प्रदान गरिएको छ ।

Share.

Leave A Reply