गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती/बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

0


पूणप्रसादशर्मा, १३ असार,चितवन । चितवनको सामरिक बिकासमा गिरिजा प्रसाद कोईरालाको योगदान अमुल्य रहेको नेपाली काग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताउनुभएको छ । आज गिरिजा प्रसाद कोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउन्डेसन चितवन क्षेत्र नं २ ले भरतपुर ११ लामाटोलमा रहेको श्री स्वबिबेक राष्ट्रिय आधारभुत बिद्यालय आयोजित कार्यक्रममा सो कुरा बताउनुभएको हो । सभापति श्रेष्ठले गिरिजा प्रसाद कोईरालाकै कारणले पुर्वी चितवनको पदमपुर स्थानान्तरण भएको बताउनुभयो । राप्ती नदि नियन्त्रणकालागि बिभिन्न स्थानमा ड्याम निर्माण, क्यान्सर अस्पतालको स्थापना, राप्ती नदिमा पुललगायत संरचनापनि कोईरालाकै अडान र अठोटको परिणामले सफल भएको बताउदै कोईराला नेपालको पछिल्लो राजनितिक संक्रमण अन्त्यको नायक भएको बताउनुभयो ।

कार्यक्रमा पुर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले गिरिजा प्रसाद कोईरालाको योगदानको चर्चा गर्दै कोईराला दुरदर्शी नेताभएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा सरकार संम्बेदनशिल हुनुपर्ने बताउदै शिक्षाको गुणस्तर सुर्धान सबै सरोकारवालाहरु लाग्नुपर्ने बताउनुभयो । जबसम्म अभिभावकलाई गुणस्तरको बारेमा बिश्वास हुदैन तव सम्म बिद्यालयमा बिद्यार्थीको सख्या नबढ्ने बताउदै यसमा सचेत रहन सबैलाई अनुरोध गर्नुभयो ।
फाउन्डेशन क्षेत्र नं २ ले गिरिजा प्रसादकोईरालाको ९६ औं जन्मजयन्तीको अवसरमा बिद्यालय परिसरमा बृक्षारोपण गर्नुको साथै उक्त बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई स्टेशनरी सामाग्री बितरण गरेको थियो । बालबिकास देखि कक्षा ५ सम्म अध्ययनहुने बिद्यालयमा निम्नआर्थिक अबस्था भएकाअभिभावकका ५७ जना बालबालिकाले अध्ययन गर्दछन । बिद्यालयले बिगत ४ बर्ष देखि अंग्रजी माध्यमबाट पठनपाठन गराउदै आएको छ ।

बिद्यार्थीहरुलाई बितरण गरिएको स्टेशनरी सामग्री फाउन्डेशनका सदस्य पशुपति शर्माले उपलब्ध गराउनुभएको थियो । त्यसै गरि रोपिएका रुखहरुको संरक्षणकालागि तरुण नेता निर्मल कुमार रानाले जालीप्रदान गर्नुभएको थियो । सरसफाई लगायतको जिम्मा तरुणदलवडा नं ११ का सभापति बरुण सिग्देलल लिनुभएको थियो ।

गिरिजा प्रसादकोईरालाफाउन्डेसनचितवनका संयोजककमलआचार्य लगायतले मन्तब्यब्यक्त गरेको कार्यक्रमफाउन्डेसन क्षेत्र नं २ को क्षेत्रिय संयोजकछबिलालढकालको  सभापतित्वमा सम्पन्नभएको थियो । कार्यक्रममा नेपालीकाग्रेसका नेतातथाकार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply