नवलपुर जिल्ला लिग फुटवलको च्याम्पियन गैडाकोट खेलकुद समिति /दुम्किवास ३–० ले पराजित

0

डोलराज रानाभाट, १७ असार , गैडाकोट । नवलपुर जिल्ला लिग फुटवल प्रतियोगितामा गैडाकोट खेलकुद समितिको टिम च्याम्पियन भएको छ । आज भएको फाइनल खेलमा दुम्किवास विकास केन्द्रको टिमलाई ० का विरुद्ध ३ गोल गर्दै च्याम्पियन भएको समितिले ६० हजार नगद सहित शिल्ड, मेडल, ट्रफि र प्रमाण पत्र हात पारेका छन् । यो सगै प्रदेश स्तरीय फुटवल प्रतियोगिताका लागि पनि समिति छनौट भएको छ ।

साउनको अन्तिम साता हुने प्रदेश लिगका लागि समेत समिति छनौट भएको नवलपुर जिल्ला फुटवल संघका महासचिव लक्ष्मण कार्कीले विजय एफएमलाई जानकारी दिनुभयो । उपविजेतामै सिमित दुम्किवासले ४० हजार नगद पुरस्कारमा चित्त वुझाउन वाध्य भएको छ ।

१२ टिम सहभागी मध्ये दुइ ठाउँमा ६ ÷६ टिमवीच लिगचरण सकाएर लिगबाट उत्कृष्ट टिमलाई नकआउट चरणमा लगिएको थियो । नकआउटबाट आएका टिमविच आज गैडाकोटमा रहेको क्षेत्रीय रंगशालामा फाइनल खेल गराइएको थियो । त्यस्तै खेलाडीहरुको प्रोत्साहन स्वरुप यस पटक दुइवटा सान्त्वना भएका टिम अभ्युदय युवा क्लव हर्कपुर र अरुणदोय सामुदायिक विकास कैन्द्र अरुणखोललाई २०÷२० हजार नगर पुरस्कार पनि प्रदान गरिएको छ ।

आज भएको फाइनल खेलका प्रमुख अतिथि गैडाकोटका नगरप्रमुख छत्रराज पौडेलले फुटवल संघले गरेको प्रतियोगिताले युवाहरुमा खेलप्रतिको चासो र वृद्धि विकास समेत बढाउने भन्दै कुलतबाट पनि टाढा राख्न सहयोग पुग्ने बताउनुभयो । साथै गैडाकोटमै जिल्ला लिग गराएकोमा आभार व्यक्त गर्दै चाँडै प्यारफिटसहितको व्यवस्थापन गर्नेगरि रंगशालाको स्तरउन्नती गर्ने बताउनुभएको छ । आयोजक नवलपुर जिल्ला फुटवल संघका अध्यक्ष चेत वहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव लक्ष्मण कर्कीले गर्नुभएको थियो ।

Share.

Leave A Reply