नारायणगढको सडक पेटीमा पार्किङ्ग गर्ने वानी छ ? ह्विल लक होला है !

0

डोलराज रानाभाट, २५ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नयाँ ट्राफिक नियम कार्यान्वयनमा ल्याएको छ । जनसंख्याको वृद्धिसँगै नारायगणको बजार व्यस्त वन्दै जाँदा ट्राफिकले नयाँ नियम लागु गरेको छ ।

अवदेखि सडकको छेउमा वा सकड पेटीमा चारपाँग्रे सवारी पार्किङ्ग गरि लामो समयसम्म पनि नहटाए सवारीको ह्विल तथा चेन लक गरिने भएको छ । सडक साँघुरोसँगै पेटीको प्रयोग गरि हिँड्ने मानिसहरुको संख्यामा बृद्धि भएसँगै ट्राफिकले चारपाँग्रे सवारीधनीहरुलाई विशेष अनुरोध गर्दै ईमरेजेन्सीमा वाहेक अन्य समय सडक छेउ तथा पेटीमा सवारी नरोक्न आग्रह गरेको छ ।

नारायणगढ वजारको पुलचोक देखी लायन्सचोक सम्मको हाईवे सडकको दायाँवायाँ वा सडक पेटीमा चारपांग्रे वा सो भन्दा हेभी सवारीलाई रोक्न निषेध गरिएको हो ।

लामो समय पार्किङ गर्दा ट्राफिक प्रहरीले त्यस्ता सवारीमा कारबाही स्वरुप ह्विल लक, चेन लक लगाउने अभियान कडाईका साथ अगाडि बढाएको छ । जथाभावी सवारी साधन पार्किङ नगरि ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन सवैमा अनुरोध गरिएको छ ।

अहिले दैनिक १० देखि १२ वटामा चेन लक लगाई कारवाही गर्ने गरिएको ट्राफिक हवल्दार विश्व नेपालले विजय एफ.एम.लाई जानकारी दिनुभयो । यसरी गल्तीलाई १ हजार ५ सय सम्म जरिवाना हुने उहाँको भनाई । नारायणगढ सडकको ५० मिटरको दुरीमा नो पार्किङ लेखेपनि त्यसलाई अटेर गर्दा कारवाहीमा पर्ने गरेका छन् ।

Share.

Leave A Reply