नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानविन गर्न गृहमन्त्रीको निर्देशन

0
चितवन ८ जेठ ।
 गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानविन गर्न निर्देशन दिइएको बताएका छन् ।
सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानविनपछि मात्र भन्न सकिने बताए । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ ।
Share.

Leave A Reply