सरकारले छनौट गरेका नयाँ पर्यटकीय गन्तब्यको सूचीमा मौलाकालिका मन्दिर सुचिकृत

0

प्रेम क्षेत्री, कार्तिक १५ गैंडाकोट । सरकारले पुर्वी नवलपरासीको गैंडाकोट १ मा रहेको मौलाकालिका मन्दिरलाई आज छनौट गरेका नयाँ पर्यटकीय गन्तब्यको सूचीमा सुचिकृत गरेको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पर्वद्र्धन र विकासका लागि पहिचान गरिएका गन्तव्यहरुको नामावली सार्वजनिक गरेको हो । सो नामावलीमा नवलपरासी वर्दघाट सुस्ता पूर्व मौलाकालिका र दाउन्नेदेवी परेका छन् । जसमध्ये मौलाकालिका मन्दिर स्थापित तथा पर्वद्धन गरिनुपर्ने गन्तव्यहरुमा सुचिकृत गरिएको छ भने दाउन्नेदेवीलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यहरुमा सुचिकृत गरिएको छ ।
पन्ध्रौ शताब्दीको अन्त्य तथा सोह्रौ शताब्दीको शुरुतिर करिब ५०० वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालिन सैनिक टुकडीले आफ्नो गढी ब्यारेकमा मौलो गाडी, कालिका भगवतीको शिला स्थापना गरेर पुजा अर्चना गर्दै आएको भन्ने किंमबदन्ती रहेको पाइन्छ ।
मौलाकालिका मन्दिरमा भगवती पूजा अर्चना र त्यस क्षेत्रमा पनि धार्मिक, अध्यात्मिक, ऐतिहासिक सामाजिक र पर्यटकीय स्थलको रुपमा गुरुयोजना अनुसार विकास गर्न धार्मीक सेवा समिति कटीबद्ध रुपमा लागेको छ ।

Share.

Leave A Reply