आकर्षक बन्दै गैंडाकोटको हनुमान मन्दिर

0

माया कडेल / गैडाकोट बैशाख ।
श्री हनुमान मन्दिर समिति चक्रघाटले मन्दिर निर्माणका २० बर्षे कार्ययोजनाका पञ्चबर्षीय योजनालाई सार्बजनिक गरिएको छ ।

आज गैडाकोट ९ मा पत्रकार सम्मेलनको आयोजना गरेर नै मन्दिरको भौतीक पूर्बाधार बिकास शिखरशैलीको कलात्मक मन्दिर निर्माण गरिने जनाएको छ । मन्दिर र त्यस वरिपरिको क्षेत्र पर्यटकीय क्षेत्र बन्न सक्ने हुनाले प्रचारप्रसार गरिने पनि श्री हनुमान मन्दिर समिति चक्रघाट समितिले जनाएको छ ।


श्री हनुमान मन्दिर चक्रघाटमा रहेको स्नानघाट , धर्मशाला,  गुरुयोजना मुताविकको पार्क निर्माण तथा धार्मीक बनको दिगो व्यवस्थापले गैडाकोटको पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने श्री हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टिकाराम सापकोटाले बताउनुभयो ।

उहाले मन्दिरको बिकास निर्माण र धार्मीक पर्यटन प्रबद्र्धन अन्र्तरगतका कार्ययोजना सम्पन्न गर्न भक्तजनको सहयोग आवश्यक रहेकाले सहयोग गर्न आग्रह गर्नुभएको छ । श्री हनुमान मन्दिर चक्रघाट निर्माणका लागि अनुमानीत १ करोड रुपैया आवश्यक रहेको सापकोटाले बताउनुभयो । भक्तजनबाट हालसम्म ५१ लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता आएको अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ ।

श्रीहनुमान मन्दिर समिति गैंडाकोटको आयोजनामा पत्रकार सम्मेलन ।।

Posted by Vijaya FM on Friday, 19 April 2019

कार्यक्रमका प्रमुख अतिथी गैडाकोट वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा रहनुभएको थियो । प्रमुख अतिथी सपकोटाले भन्नुभयो वजेट छैन भनेर बस्ने होईन वडा र नगरमा आफुले पहल गरेर वजेट कमि हुन नदिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्य कार्यक्रम संयोजक गंगाबहादुर पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण  समितिका सहसचिब पिताम्बर सापकोटाले गर्नुभएको थियो ।
२०४२ साल चैत्र ३० गते फलाहारी बाबा श्री १०८ स्वामी शुकदेवानन्द सरस्वती महाराजको तप साधना हुदै आएपनि २०४४ साल हनुमान जयन्तिका दिनदेखी त्यहा मुर्ति स्थापना भई पुजाआजा हुदै आएको छ ।
पत्रकार सम्मेलनमा मन्दिर निर्माण समिति संयोजक ओमप्रसाद सापकोटा ,संस्थापक अध्यक्ष रत्नाखर सापकोटा , गैडाकोट वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, गण्डकी प्रदेश स्थानीय सामुदायीक बन महासंघका उपाध्यक्ष खगराज सापकोटा लगायतका अतिथीहरुको उपस्सिथती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी गैडाकोट वडा नम्बर ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा रहनुभएको थियो । पत्रकार सम्मेलनमा स्वागत मन्तव्य कार्यक्रम संयोजक गंगाबहादुर पाण्डेले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण  समितिका सहसचिब पिताम्बर सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply